मानिसको दैनिकी फरक फरक हुन्छ । धेरै मानिसको राति अबेर सम्म बसेर काम गर्नुपर्ने बाध्यता हुनसक्छ । नियमित दैनिकी भएकाहरुका लागि बिहान सबेरै उठ्नु सबैभन्दा स्वस्थकर हुने विभिन्न अध्ययनले पनि देखाएको छ ।
बिहान सबेरै घाम झुल्कनु अघि उठ्नाले तपाईंको शरीरमा स्फूर्ति बढ्नुका साथै रोगले आक्रमण गर्नबाट बचाउँछ।
तामाका भाँडामा राखिएको पानी पिउनुहोस्
बिहान सूर्योदय हुनुभन्दा अघि उठेर पानी पिउनु राम्रो मानिन्छ । बिहान पिइएको पानीले शरीरमा रहेको विकारलाई बाहिर पठाउन मद्दत गर्छ । त्यस्तै बिहानै तामाको भाँडोको पानी पिउँदा विभिन्न रोगबाट समेत बँच्न सकिन्छ । त्यस्तै यसले हाम्रो छालालाई पनि राम्रो बनाउँछ । तामाको भाँडोमा राखेको पानी पिउनु सबै भन्दा उत्तम मानिन्छ ।
हत्केलाको दर्शन गर्नुहोस्
बिहान उठ्ने वित्तिकै सबै भन्दा पहिलो हत्केलाको दर्शन गर्नु पर्ने धार्मिक विश्वास रही आएको छ । यसले हाम्रो दिनलाई शुभ बनाउने शास्त्रमा उल्लेख पनि छ । हत्केलाको दर्शनपछि भूमिको दर्शन गर्नु अर्थात जमिनमा ढोग्नु राम्रो मानिन्छ । यसो गर्दा स्वास्थ्य र धन दुवै लाभ हुने बताइएको छ । बिहान सवेरै उठ्ने ब्यक्तिको अनुहारमा कान्ति हुने हुन्छ । यसले छालालाई राम्रो राख्छ भने छिटो बुढो देखिने समस्याबाट समेत मुक्त गराउँछ।
योग वा ध्यान गर्नुहोस्
आजकल योग फेसनकै रुपमा विकास भएको छ । बिहान उठ्ने वित्तिकै योगा वा ध्यान गर्नु स्वास्थ्यको लागि उत्तम मानिन्छ । बिहानको हावा र वातावरण कम प्रदुषित हुने र तनाव पनि कम हुने हुँदा यो समयमा ध्यान गर्दा दिनभर दिमाग एकीकृत गर्न सकिने विज्ञहरुको भनाइ छ । बिहान सवेरै उठेको व्यक्ति दिनभर फ्रेस रहन्छ ।











