Ad #144479

१६ पुष, काठमाडौं । सभामुख अग्नि सापकोटाले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई संविधानले नदिएको बताएका छन् ।

नेकपा प्रचण्ड–माधव समूहको अखिल नेपाल महिला संगठन, नेपाली कांग्रेस सम्बद्ध अखिल नेपाल महिला संघ, जनता समाजवादी सम्बद्ध समाजवादी महिला संघ र विवेकशिल साझा पार्टी सम्बद्ध विवेकशील साझा महिलाको संयुक्त ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले संविधानले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएको बताएका हुन् ।

‘हाम्रो संविधानले यही परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार दिएको छैन । मैले आफ्नो धारणा पहिले नै सार्वजनिक गरिसकेको छु र म अदालतमा पनि त्यहीअनुसारको प्रतिउत्तर दिँदै छु,’ सभामुख सापकोटाले महिला नेतृहरुसँग भनेका छन् । संविधानको रक्षा तथा देश र जनताको अधिकतम हितमा सधैं समर्पित हुने पनि उनको भनाई छ ।