१६ पुस, काठमाण्डौ। इन्टरनेसनल संस्था विलवयू फाउन्डेसनले काठमाण्डौको कागेश्वोरी मनोहरा नगरपालिकालाई कोभिड – १९ बाट सुरक्षित रहनको लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
विलवयू फाउन्डेसनले कागेश्वोरी मनोहरा नगरपालिकाको स्वास्थ्य शाखालाई १० हजार थान मास्क तथा २ सय चालिस पिस (१०० मिली लिटर ह्यान्ड सेनिटाइजर ), १ सय पच्चीस पिस (५०० मिली लिटर ह्यान्ड सेसेनिटाइजर),पाँच लिटरको ह्यान्ड सेनिटाइजर चार पिस र सेनिटाइजर डिस्पेन्सर एक पिस वितरण गरेको छ ।
कार्यक्रमका प्रमूख अतिथी कागेश्वोरी मनोहरा नगरपालिकाको मयेर कृष्ण हरि थापाले सहयोगको लागि विलवयू फाउन्डेस संस्थाका सम्पूर्ण सदस्यहरुलाई मन देखी नै धन्यवाद दिनु भएको छ।












