आजका मुख्य समाचारमा
आज कति थपिए नेपालमा कोरोना संक्रमित ?
नेपालमा पछिल्लो २४ घण्टामा थप ५०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ७०० पुगेको छ ।
काठमाण्डौ उपत्यकाको तापक्रम आज जाडो सुरु भएपछिकै कम
काठमाण्डौ उपत्यकाको तापक्रम आज यो वर्ष जाडो सुरु भएपछिकै कम भएको छ । आज काठमाण्डौ उपत्यकाको तापक्रम १ दशमलव ३ डिग्री मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
च्याउफार्ममा आगलागी, ३३ लाखको क्षति
कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा रहेको सृष्टि च्याउफार्ममा आज अपराह्न आगलागी भएको छ । च्याउफार्ममा लागेको आगोले फार्मका तीन टहरा जलेर पूर्णरूपमा नष्ट भएका छन् ।
गौतमले खुलमटार पुगेर प्रचण्डलाई किन भेटे ?
नेकपाका उपाध्यक्ष वामदेव गौतमले शनिबार बिहानै खुलमटार पुगेर पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । नेकपा फुटेर प्रधानमन्त्री केपी शर्मा ओली तथा अध्यक्ष प्रचण्डको कित्ताकाट भइसक्दा वामदेव खुलेका छैनन् ।
ओली समूहका कार्यकर्ताले लगाए पार्टी कार्यालयमा ताला
नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ चितवनको पार्टी कार्यालयमा ओली समूहले ताला लगाएको छ ।शनिबार बिहान पार्टी कार्यालयमा पुगेका ओली समूहका कार्यकर्ताले पार्टी कार्यालयबाट गुट चलाएको आरोप लगाउँदै ताला लगाएका छन् ।
कांग्रेसले प्रतिनिधिसभा विघटविरुद्ध देशैभर प्रदर्शन गर्ने
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यहीँ पुस १३ गते प्रतिनिधिसभा विघटविरुद्ध देशैभर प्रदर्शन गर्न अपिल गरेका छन् । शिनबार अपिल जारी गर्दै सभापति देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार देशभका १६५ वटै निर्वाचन क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध प्रदर्शन गर्न आह्वान गरेका दिएका हुन् ।
डुंगा दुर्घटना हुँदा २२ जनाको मृत्यु, ६० जना डुबेको आशंका
युगाण्डाको मुकोनो जिल्लामा भएको डुंगा दुर्घटनामा परी २६ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीका अनुसार तिब्रगतिमा चलेको हुरीले दर्जनौ मानिस रहेको डुंगा पल्टाउँदा २६ जनाको मृत्यु भएको हो ।
नक्कली नोटसहित दुई पक्राउ
गए राति भारतीय नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बौका चोप्रहा निवासी ३० वर्षीय कुन्दनको साथबाट २०० का भारतीय नक्कली नोट रु तीन हजार ४०० र अर्का भारतीय नागरिक शिवरञ्जन सिंहका साथबाट १०० को भारतीय नक्कली नोट रु १४ हजार ३०० बरामद गरेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।
२४ घण्टा यता नेपालमा कति भए कोरोना संक्रमणमुक्त ?
पछिल्लो २४ घण्टा नेपालमा थप ८४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ४९ हजार १३२ पुगेको छ ।
संसद विघटन : ३२ वटा संस्थाहरुद्धारा विरोध
विभिन्न सामाजिक तथा नागरिक संघ-संस्थाहरुले संसद विघटनको विरोध गरेका छन् । शनिबार विभिन्न ३२ वटा संस्थाका प्रमुख तथा प्रतिनिधिले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै सत्तारुढ राजनीतिक दलको आन्तरिक कलह र शक्ति संघर्षको सिकार संसदलाई बनाइनु न्यायोचित नहुने बताएका हुन् ।
मानवीय र समाज सेवाको काममा समर्पित भएर लाग्न सञ्चारमन्त्रीकाे आग्रह
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इमान्दारका साथ राष्ट्र सेवाको काममा लागि रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले उच्च नैतिकता, स्वाभिमान र इमान्दारका साथ काम गर्दा मात्रै रहेका क्षेत्रमा सफलता प्राप्त हुने पनि स्पष्ट पार्नुभयो ।
मकवानपुरमा गाँजासहित बाबुछोरा पक्राउ
इलाका प्रहरी कार्यालय भण्डाराले १८ केजी अवैध लागुऔषध गाँजासहित बाबुछोरालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुरको राक्सिराङ गाउँपालिका–७ गर्लिङ घर भएका ३५ वर्षीय रामकृष्ण प्रजा र उनीका १२ वर्षीय छोरा रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।
च्याउखेतीबाटै सन्तुष्ट, बजार अभाव छैन
तनहुँको व्यास नगरपालिका–४ निवासी राजकुमार श्रेष्ठ वैदेशिक रोजगारका लागि मलेसिया पुग्नुभयो । तीन वर्षको बसाईपछि उहाँ घर फर्किनुभयो । घर फर्किएपछि के गर्ने ? उहाँमा कुनै विकल्प थिएन । त्यसलगत्तै उहाँ वैदेशिक रोजगारीका लागि कतार पुग्नुभयो ।
गोसाइँकुण्ड गाउँपालिकामा ज्येष्ठ नागरिकलाई कम्बल वितरण
चिसोबाट सुरक्षित गराउन आफ्ना वडाका सबै ज्येष्ठ नागरिकलाई बाक्लो कम्बल वितरण गरेको छ । रसुवाको उत्तरीभेगमा चिसोपन बढ्न गई जनजीवन कठ्याङ्ग्रिन थालेकाले उनीहरूलाई चिसोबाट सुरक्षित पार्न ज्येष्ठ नागरिक सम्मान कार्यक्रमअन्तर्गत कम्बल वितरण गरिएको हो।
बेनिशापछि गौरव पनि एसिड आक्रमणमा
चर्चित नायक गौरव पहारी, नायिका बेनिशा हमालले एक साथ अभिनय गरेको नयाँ म्युजिक ‘फिँजाइ पंख’ डीआरको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । गायक डीज जोशीको स्वर रहेको छ भने उक्त गीतमा उनले नै शब्द संगीत भरेका छन् ।
राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस
मन्त्रिपरिषद्को शुक्रबार राति बसेको बैठकले संघीय संसद राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
अब प्रदेश यातायात कार्यालयमार्फत पनि नयाँ लाइसेन्स वितरण हुने
गएकाे चैत ११ गतेदेखि बन्द रहेको लाइसेन्स वितरणका लागि आवेदन, लिखित परीक्षा र ट्रायल मंगलबारदेखि खुल्ने यातायात व्यवस्था विभागले जनाएको छ । अब प्रदेश यातायात कार्यालयमार्फत पनि नयाँ लाइसेन्स वितरण हुनेछ ।
थिमी नगरपालिकाले परीक्षणको रुपमा ६ कक्षाको लागि स्थानीय पाठ्क्रम तयार
भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले परीक्षणको रुपमा ६ कक्षाको लागि स्थानीय पाठ्क्रम तयार पारेको छ । कक्षा १ देखि ८ सम्म नै स्थानीय पाठयक्रम लागु गर्ने जनाएको नगरपालिकाले सुरुमा कक्षा ६ मा परीक्षणको रुपमा लागु गर्ने जनाएको नगरका शिक्षा शाखाका अधिकृत नेत्र दाहालले जानकारी दिनुभयो ।
पुर्चौंडीमा कर्मचारी नहुँदा प्रशासनका सेवा बन्द
गएको पाँच महिनायता बैतडीको पुर्चौंडी नगरपालिका हाटस्थित इलाका प्रशासन कार्यालयका सेवाहरु बन्द भएका छन् । इलाका प्रशासन कार्यालयमा कर्मचारी नहुँदा सेवाहरु बन्द भएका हुन् । गत भदौ महिनादेखि कर्मचारीको अभावमा सेवा प्रवाहमा समस्या भएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो ।
कोरोना संक्रमणबाट मालीको विपक्षी दलका अध्यक्षको मृत्यु
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले स्टेजमा एकल सांगीतिक प्रस्तुति दिने पहिलो बहालवाला मन्त्रीको कीर्तिमान राखेका छन् । हिजो शुक्रबार दिउँसो १ः१५ बजेदेखि गाउन शुरु गर्नुभएका राज्यमन्त्री मानन्धरले लगातार ४ घण्टा ५ मिनेट २० सेकेन्ड गीत गाएर विश्व रेकर्ड कायम गरेका हुन ।
सरकारले निजी विद्यालयको मर्का बुझ्नुपर्छ : प्रध्यानाध्यापक मनास्लु वल्र्ड कलेज
स्थानीय सरकारसँग समन्वय गरेर धेरै ठाउँमा विद्यालय पठनपाठन सुरु भैसकेका छन् । काठमाण्डौका विभिन्न नगरपालिकामा विद्यालयहरू खुलिसकेका छन् । गोकर्णेश्वर, कागेश्वरी मनोहरा, बुढानिलकण्ठ, तार्केश्वर लगायतका नगरपालिकाका धेरै विद्यालय खुलिसकेका छन् ।
म्यानचेस्टर सिटीका महत्वपूर्ण खेलाडीलाई कोरोना संक्रमण
इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका स्ट्राइकर गाब्रियल जिसस र डिफेन्डर केली वाल्कर कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगितामा ७ प्रादेशिक टोलीसँगै विभागीय टोली एपीएफको सहभागिता रहनेछ । सहभागि टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ ।
द्वन्द्वग्रस्त इथियोपियामा संसदीय चुनावको घोषणा
द्वन्द्वग्रस्त इथियोपियामा आगामी जुन महिनामा संसदीय चुनावको घोषणा गरिएको छ । सन् २०२० मै चुनाव गर्ने तालिका भएपनि कोरोनाभाइरसको सङक्रमण जोखिमका कारण अर्को वर्ष गर्ने तय भएको थियो ।आगामी जुन ५ मा चुनाव गर्नेगरी मिति घोषणा गरेको इथियोपियाको निर्वाचन आयोगले जनाएको छ ।









