११ पुष, चितवन । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ चितवनको पार्टी कार्यालयमा ओली समूहले ताला लगाएको छ ।शनिबार बिहान पार्टी कार्यालयमा पुगेका ओली समूहका कार्यकर्ताले पार्टी कार्यालयबाट गुट चलाएको आरोप लगाउँदै ताला लगाएका छन् ।
साविक एमालेको पार्टी कार्यालय रहेको मदन आश्रति भवनलाई कुनै एक पक्षको गुटको कार्यालय बनाइएकोले ताला लगाइएको अनेरास्ववियु चितवनले जानकारी दिए ।
उनीहरुले भवनको मूल गेटमा विज्ञप्ति टाँसेर ताला लगाउनुको कारण उल्लेख गरेका छन् । चितवनको नेकपा जिल्ला कमिटीमा प्रचण्ड-माधव समूह हाबी छ ।
जिल्लामा ओली पक्षका कार्यकर्ताले प्रधानमन्त्रीको कदमको स्वागत गर्दै दीप प्रज्वलन गर्ने र प्रचण्ड-माधव समूहले राँके जुलुस र विरोध प्रर्दशन गरेका छन् ।












