भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले परीक्षणको रुपमा ६ कक्षाको लागि स्थानीय पाठ्क्रम तयार पारेको छ । कक्षा १ देखि ८ सम्म नै स्थानीय पाठयक्रम लागु गर्ने जनाएको नगरपालिकाले सुरुमा कक्षा ६ मा परीक्षणको रुपमा लागु गर्ने जनाएको नगरका शिक्षा शाखाका अधिकृत नेत्र दाहालले जानकारी दिनुभयो ।
कक्षा १ देखि ७ सम्म निर्माणको तयारीमा भएको र कक्षा ८ को पाठ्यक्रम अर्को वर्षदेखि मात्र लागु गरिने उहाँले बताउनुभयो । पाठ्यक्रममा गाईजात्रा, सिथी नखाः, सम्पदा, धार्मिक क्षेत्रलगायत नगरको चिनारी समावेश गरिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लागू भएसँगै कक्षा १२ सम्मको विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय सरकारमा आएको छ ।












