जाडोमा सुन्दर र आकर्षक देखिन यसरी गरौं छालाको हेरचाह

काठमाडौं ।  जाडो मौसम सुरु भएसँगै छाला सम्बन्धी समस्याहरु पनि आउँछ । देशैभरि चिसो बढ्ने क्रममा छ । छाला सुख्खा हुनु मुख्य समस्या हो। यतिबेला सुख्खा हावा चल्ने भएकोले छालामा भएको सबै चिल्लो सोस्छ । यस्तो वेला छालालाई सुन्दर, चम्किलो एवं मुलायम राख्न राम्रोसँग हेरचाह गर्नुपर्छ ।

चिसोले मानिसलाई रुघाखोकी, निमोनियाजस्ता विभिन्न समस्या निम्त्याएझैँ छालालाई पनि प्रत्यक्ष असर गर्छ । चिसोले छालालाई असर गरेसँगै मानिसको सौन्दर्यमा कमी हुँदै जान्छ । त्यसैले गर्मीलाई बिदाइ गरेसँगै आउने मौसम चिसोबाट बच्न विशेष ख्याल गर्नुपर्छ । जाडो मौसममा छाला रुखो, सुक्खा तथा फुस्रो हुन्छ ।

छालाको हेरचाह कसरी गर्ने :
१. नरिवलको तेल
छाला नरम र मुलायम बनाई राख्नका लागि नरिवलको तेलले मालिस गर्दा फाइदा गर्छ । यसले छालाको सुख्खापन हटाउँछ । नियमित नरिवलको तेलले मालिस गर्दा रक्त सञ्चार राम्रो हुन्छ, साथै छालाको रङमा पनि निखार आउँछ ।

२. बेसन र तेल
बेसन, तेल, गँहुको चोकर र दुधको तर मिसाएर लेप बनाउने । अनुहारमा तलदेखि माथितिर लगाउने र १५ मिनेट त्यतीकै छाड्ने । त्यसपछि विस्तारै पानीले भिजाएर हल्का औलाको सहायताले माड्ने र मनतातो पानीले पखाल्ने । जाडोमा साबुनको प्रयोग गर्नबाट बच्नुपर्छ ।

३.जाडोमा प्याक
जाडोमा छालाको नरमपन कायम राख्नको लागि १ चम्चा मह, २ ठूलो चम्चा मिल्क पाउडर र एउटा अण्डाको पहेँलो भाग मिलाएर अनुहारमा २० मिनेट राख्ने । सुकि सकेपछि मनतातो पानीले धुने ।

४. छाला मुलायम राख्नको लागि
छालाको नरमपन कायम राख्नको लागि डाइटमा बदाम, दुध, पनिर र घिउ सामिल गर्नुहोस् । दैनिक ६ देखि ८ गिलास पानी खानुपर्छ ।

जाडो मौसममा धेरैजसोको ओठ फुट्छ । यसको समाधानका लागि बजारमा पाइने लिपगार्ड, लिपबाम तथा लिपजेल लगाउनुपर्छ । यसले ओठ नरम बनाउँछ । साथै घरेलु उपायबाट पनि ओठ फुट्नबाट जोगाउन सकिन्छ ।

अनुहारको छाला जोगाउन :

  • पर्याप्त मात्रामा पानी सेवन गरौं । वा झोलयुक्त पदार्थ सेवन गरौं, जसले छालामा पानीको अभाव पुरा गर्छ।
  • अनुहारमा तातो पानीको बाफ लिने गरौं । यसले बन्द भएको रोमछिद्र खुल्छ ।
  • हातले हल्का मसाज गरौं । यसले अनुहारमा रक्तसंचार हुन्छ र छालाको सौन्दर्य कायम राख्छ ।
  • साबुनले अनुहार धुने नगरौं । संभव भएसम्म नन ड्राई क्लिन्जर फेसवास प्रयोग गरौं ।
  • मोश्चराइजिङ क्रिम पनि प्रयोग गर्नुपर्छ । यद्यपी आफ्नो छालाको प्रकृति अनुसार त्यसको छनौट गरौं ।
  • बाहिर हिँड्नुअघि सन प्रोटेक्सन क्रिम लगाउनुपर्छ । धुलो र धूँवाबाट छालालाई जोगाउन माक्स, स्कार्फ आदिको प्रयोग गरौं ।

छाला जोगाउन उपाय अपनाउनुहोस् :

  • जाडोमा छाला तुलनात्मक रुपमा बढी फुस्रो हुने भएकाले मोस्चराइजरयुक्त बडी लोशन लगाउने ।
  • सकेसम्म तातो पानीले ननुहाउने । किनकी तातो पानीले नुहाउँदा छाला खुम्चिने तथा फुस्रो हुन्छ ।
  • चाया बढी पर्ने समस्या रहेका व्यक्तिले आफूलाई उपयुक्त हुने एन्टी ड्यान्ड्रफ स्याम्पुले हप्तामा कम्तिमाा दुईपटक टाउको नुहाउने ।
  • नुहाउने साबुनको छनौटमा ख्याल गर्ने । कडा खालको साबुनको सट्टा मोस्चराइजरयुक्त साबुनको प्रयोग गर्नु पर्छ ।
[sidebar name="button post"]