Ad #144479

 द्वन्द्वग्रस्त इथियोपियामा आगामी जुन महिनामा संसदीय चुनावको घोषणा गरिएको छ ।  सन् २०२० मै चुनाव गर्ने तालिका भएपनि कोरोनाभाइरसको सङक्रमण जोखिमका कारण अर्को वर्ष गर्ने तय भएको थियो ।आगामी जुन ५ मा चुनाव गर्नेगरी मिति घोषणा गरेको इथियोपियाको निर्वाचन आयोगले जनाएको छ ।

इथियोपियामा पछिल्लो हप्ता भएका घटनामा कम्तिमा सय जनाको ज्यान गएको इथियोपियाली मानव अधिकार आयोगले जनाएको छ । इथियोपियामा द्वन्द्व र हिंसात्मक घटना बढेसँगै मानव अधिकार संरक्षणको अवस्था निकै कमजोर बन्दै गएको पनि आयोगले जनाएको छ ।

देशका विभिन्न ठाउँमा द्वन्द्व र हिंसात्मक घटना भएका कारण पनि चुनाव पछाडि सारिएको थियो ।