Ad #144479

आजको मुख्य समाचारमा

देशभर चिसाे बढ्दै, काठमाडौंको न्यूनतम तापक्रम १.६ डिग्री सेल्सियस मापन

काठमाडौं, ४ पुस । केही दिनयता देशभर चिसो बढिरहेको छ । काठमाडौं उपत्यकामा पनि तापक्रम ओरालो लागिरहेको छ । शनिबार काठमाडौंको न्यूनतम तापक्रम १.६ डिग्री सेल्सियस मापन भएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । काठमाडौंको अधिकतम तापक्रम १७.७ डिग्री सेल्सियस रहेको छ ।

पुलबाट खस्यो सुमो

राजधानी काठमाडौंको पुलबाट गाडी खसेको छ । काठमाडौको नारायणटार स्थित पुलबाट टाटा सुमो तल खसेको हो ।

प्रचण्ड भेट्न खुमलटारमा ओली

प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेका छन् । शनिबार बिहान प्रधानमन्त्री ओली खुमलटार पुगेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

अमेरिकाद्वारा कोरोनाको दोस्रो खोप मोडेर्नालाई अनुमति

अमेरिकी सरकारले कोभिड-१९ खोप मोडेर्नालाई दोस्रो खोपको रूपमा अनुमति दिएको छ। यसले खोपको दशौँ लाख मात्रा वितरण गर्न बाटो खुला भएको बताइएको छ।

 

भारतमा पनि एक कराेड बढी काेराेना संक्रमित

अमेरिकापछि भारत कोभिड-१९ संक्रमित एक करोड नाघ्ने दोस्रो देश बनेको छ । भारतमा हाल एक करोड ४ हजार ८९३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । अमेरिकामा एक करोड ७८ लाख बढीमा कोरोना पुष्टि भइसकेको छ ।

टेष्ट इतिहासमा भारतकाे लज्जास्पद प्रर्दशन, ३६ रनमा अल आउट

 भारतले आफ्नो टेष्ट इतिहासमा सबैभन्दा कम स्कोरको रेकर्ड बनाएको छ । अष्ट्रेलियासँगको पहिलो टेष्टको दोस्रो पारीमा भारत मात्र ३६ रनमा समेटिएकाे हाे । यसअघि सन् १९७४ मा भारतले इङ्ल्याण्डसँगको खेलमा ४२ रन मात्रै बनाएको थियो ।

श्रीराम चिनी उद्योगले हाल्यो किसानको खातामा १६ करोड ४४ लाख

श्रीराम चिनी उद्योगले किसानको खातामा पैसा पठाउन सुरु गरेको छ । रौतहटस्थित सो उद्योगले शुक्रबार ५ हजार ३ सय जना किसानको खातामा रकम पठाएको हो।

प्रचण्डपछि गृहमन्त्री बादल भेट्न प्रधानमन्त्री ओली

 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली खुमलटारबाट फर्किएर गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न गएका छन् ।

‘भ्याक्सिन लगाउनाले मानिस गोही बन्न सक्छ, महिलाको दारी बढ्न सक्छ’

ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो कोरोना भ्याक्सिनबारे अनौठो बयान दिएका छन् । अहिले उनकाे बयानले सबैतिर चर्चा पाएकाे छ ।

बार एशोसिएसनको नयाँ कार्यसमितिका लागि मतदान सुरु

सर्वोच्च अदालत बार एशोसिएसनको नयाँ कार्यसमितिका लागि मतदान सुरु भएको छ। निर्वाचनमा प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अविधक्ता रविनारायण खनाल र वृहत लोकतान्त्रिक समावेशी (मधेशी, आदिवासी, जनजाति) पेशागत कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले गरेका छन्।

शनिबार एकै दिन आठ पर्वतीय उडान

 सर्वोच्च शिखर सगरमाथासहितका हिमालको मनोरम दृश्वावलोकन गर्न पाउने भएपछि मुलुकको पर्वतीय उडानमा यात्रुको आकर्षण बढेको छ ।

२४ घण्टा यता नेपालमा कतिले जिते कोरोना, कतिले ज्यान गुमाए ?

शनिबार नेपालमा थप ११७५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४२ हजार ५ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

खोपको स्वीकृति डब्लुएचओले नदिए पनि कोभिड–१९ विरुद्धको खोप नेपाल आउने

सरकारले कोरोना भाइरसविरुद्धको खोप विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) मा सूचीकृत नभए पनि यहाँका नागरिकलाई प्रयोगमा ल्याउन पाउने भएको छ ।

पशुपन्छीमाथि हुने दुर्व्यबहार अन्त्य गर्न पशु कल्याण ऐनको माग

पशु कल्याणसम्बन्धी सचेतनामूलक कार्यक्रम गर्दे आएको स्नेहा केयर नामक सामाजिक संस्थाले पशुपन्छीमाथि हुने दुर्व्यबहार तथा क्रुरतालाई अन्त्य गर्न पशु कल्याण ऐनको माग गरेको छ ।

बम विस्फोटमा १५ बालबालिकाको मृत्यु

अफगानिस्तानका पूर्वी क्षेत्रमा रहेको घजानी राज्यमा बम विस्फोट हुँदा १५ बालबालिकाको मृत्यु भएको छ । अन्य थप २० जना घाइते भएका छन् ।

कोभिडविरुद्धको खोप सबै नेपालीलाई निःशुल्क

सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउने भएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नफिज) को केन्द्रीय कार्य समितिलाई शुक्रबार मन्त्रालयमा स्वागत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुराको जानकारी दिएका हुन् ।

कप्तान पारस खड्का आबुधाबीमा हुने टी–१० लिगमा फेरि अनुबन्ध

नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का यूएईकाे आबुधाबीमा हुने टी–१० लिगमा फेरि अनुबन्ध भएका छन् ।

फेक आईडी बनाएर ७० लाख माग्ने एक जना पक्राउ

 आफ्नै प्रेमिकालाई सामाजिक सञ्जाल फेसबुकको फेक आईडी बनाएर ७० लाख माग्ने एक जना पक्राउ परेका छन्।