एजेन्सी । अमेरिकापछि भारत कोभिड-१९ संक्रमित एक करोड नाघ्ने दोस्रो देश बनेको छ । भारतमा हाल एक करोड ४ हजार ८९३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । अमेरिकामा एक करोड ७८ लाख बढीमा कोरोना पुष्टि भइसकेको छ ।
शुक्रबारमात्र भारतमा २७ हजार २२ जना कोरोना संक्रमित थपिएका छन् । भारतमा कोरोनाका कारण एक लाख ४५ हजार जनाले ज्यान गुमाइसकेका छन् । शुक्रबारमात्र ३४२ जनाको मृत्यु भएको थियो । हालसम्म अमेरिकामा २ लाख ५१ हजार ९२३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।












