Ad #144479

४ पुस, एजेन्सी । अमेरिकी सरकारले कोभिड-१९ खोप मोडेर्नालाई दोस्रो खोपको रूपमा अनुमति दिएको छ। यसले खोपको दशौँ लाख मात्रा वितरण गर्न बाटो खुला भएको बताइएको छ।

अमेरिकी खाद्य तथा औषधि नियामक संस्था (एफडीए) ले गत हप्ता अनुमति दिएको फाइजर बायोएनटेकपछि मोडेर्ना वितरणमा आएको छ।

अमेरिकी सरकारले २० करोड मोडेर्ना खोप किन्न सहमति दिएको छ, जसमध्ये ६० लाख अब वितरणका लागि विभिन्न स्थानमा पठाउन तयार हुने बताइएको छ।

कोभिड-१९ सम्बन्धी मृत्यु र सङ्क्रमण संसारमै सबभन्दा धेरै अमेरिकामा छ। जोन्स् हप्किन्स् विश्वविद्यालयका अनुसार अमेरिकामा ३१ लाख भन्दा बढि मानिसहरूको कोभिड-१९ का कारण मृत्यु भएको छ भने एक करोड ७२ लाख भन्दा बढी मानिसहरू सङ्क्रमित भएका छन्।

“ज्यानुअरी महिनामा भाइरसको सङ्क्रमणको समस्या शुरू हुनु र डिसेम्बरमा दुईवटा खोप तयार हुनु महत्त्वपूर्ण प्रगति हो,” टेनेसीस्थित महारी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डा.जेम्स हिल्डर्थले भने।

एफडीए सल्लाहकार समितिले बिहीवार एकजना तटस्थ सहित २०-० मतका साथ खोपलाई अनुमोदन गरेको थियो।

१८ वर्ष र त्यो भन्दा माथिको उमेर समूहका लागि मोडेर्ना खोपले पार्न सक्ने जोखिमका तुलनामा फाइदा बढी रहेको भन्दै मतदान भएपछि अनुमति दिइएको हो।  नियामकहरूले यो साताको शुरूमा मोडेर्ना खोप ९४% प्रभावकारी रहेको रिपोर्ट दिएका थिए।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अनुमति दिइएको भन्ने औपचारिक घोषणा हुनु घण्टौँ अघि ट्वीट गरे, जसमा उनले खोप ‘अत्यधिक मतले अनुमोदित’ भएको र ‘वितरण तत्काल शुरू हुने’ भन्दै खुशी व्यक्त गरेका थिए। अमेरिकी खोप कार्यक्रमले एप्रिलसम्ममा ५ करोड मानिसलाई खोप लगाइसक्ने बताएको छ। बिसिसी