‘भ्याक्सिन लगाउनाले मानिस गोही बन्न सक्छ, महिलाको दारी बढ्न सक्छ’

४ पुस, एजेन्सी । ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो कोरोना भ्याक्सिनबारे अनौठो बयान दिएका छन् । अहिले उनकाे बयानले सबैतिर चर्चा पाएकाे छ ।

राष्ट्रपति जेयर बोल्सोनारोले फाइजर–बायोएनटेकद्वारा विकसित गरिएको भ्याक्सिनबारे अनौठो बयान दिएका हुन् । उनले भनेका छन्, ‘भ्याक्सिन लगाउनाले मानिस गोही बन्न सक्छ या महिलाहरुको दारी बढ्न सक्छ ।’

बोल्सोनारोले पहिले त देशमा कोरोना रोग हाे भनेर मान्न अस्वीकार गरेका थिए । उनले यसलाई मात्र एक फ्लुको नाम दिएका थिए ।

यद्यपि ब्राजिलमा पनि कैयौं सातादेखि भ्याक्सिनकाे परीक्षण चलिरहेको छ । गएकाे बुधबार भ्याक्सिन अभियानमा बोल्सोनारोले यो अनिवार्य नहुने पनि बताएका छन् । यहाँको सुप्रीम कोर्टले बिहीबार भ्याक्सिन अनिवार्य भएको फैसला गरेको थियो । यद्यपि मानिसलाई भ्याक्सिन लिनका लागि बाध्य नपारिने बताइएको छ ।

ब्राजिलमा २ अर्ब १३ करोड जनसंख्या छ । यहाँ कोरोनाबाट देखि ७.१ मिलियन मानिस संक्रमित भएका छन् । करिब १ लाख ८५ हजारको मृत्यु भइसकेको छ ।

[sidebar name="button post"]