Ad #144479

४ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली खुमलटारबाट फर्किएर गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न गएका छन् ।

गृहमन्त्री बादल भेट्न प्रधानमन्त्री ओली मन्त्री निवास गएका हुन् । यसअघि प्रधानमन्त्री ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए ।

ओली फर्किएपछि प्रचण्ड, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम बीच केहीबेर कुराकानी भएको स्राेतले जनाएकाे छ ।