आजका मुख्य समाचारमा
ओलीको पुत्लामा जुत्ता प्रहार गर्दै प्रचण्ड–माधव समूहका विद्यार्थीहरु
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा भंग गरेर देशलाई अस्थिरतातिर धकेलेको र प्रतिगमनलाई सघाउन खोजेको भन्दै प्रचण्ड–माधव समूह निकट विद्यार्थीहरुले आज राजधानीमा विरोध जनाएका छन् ।
आज नेपालमा कति कोरोना संक्रमित थपिए ?
नेपालमा सोमबार थप १ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ५५६ पुगेको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र प्रधान सेनापति पूर्णचन्द्र थापाबीच सोमबार भेटवार्ता
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र प्रधान सेनापति पूर्णचन्द्र थापाबीच सोमबार भेटवार्ता भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न सोमबार दिउँसो थापा सर्वोच्च जानुभएको हो ।
जावलाखेलमा बसको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु
ट्राफिक चेकिङमा परेकी स्कुटर चालक महिलाको जावलाखेलमा बसको ठक्करबाट मृत्यु भएको छ । सोमबार दिउँसो साढे १ बजे भैंसीपाटी जाँदै गरेको बसले स्कुटरलाई ठक्कर दिएपछि जावलाखेल चोकमा एक महिलाको मृत्यु भएको हो ।
सुत्केरी व्यथा लागेको लागेको चौध घण्टापछि हेलिकप्टरबाट उद्धार
हिमाली जिल्ला हुम्लाबाट सुत्केरी व्यथा लागेर थला परेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । व्यथा लागेको चौध घण्टापछि आइतबार साँझ उद्वार गरिएको हो ।
प्रचण्ड–माधव नेपाल पक्षले ६८ जिल्लाको नेतृत्व चयन
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल पक्षले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ । प्रचण्ड-नेपाल पक्षले ९ बुँदे मापदण्ड बनाएर बराबर हैसियतमा संगठनमा नेतृत्व लिने सहमति गरेको भोलिपल्ट जिल्लाहरूमा नेतृत्व चयन गरेका हुन्।
लिबियाका गृहमन्त्री फाथी बाशाघाको हत्या प्रयास
लिबियाको राष्ट्रसंघ समर्थित सरकारका गृहमन्त्री फाथी बाशाघाको हत्या प्रयास भएको छ ।
महिला हिंसाका घटना न्युनिकरणमा सामूहिक प्रयत्नको खाँचो : नेता डा सङ्ग्रौला
नेपाली कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले महिला हिंसाका घटना न्युनिकरणमा सामूहिक प्रयत्नको खाँचो औँल्याउनुभएको छ ।











