दिपेन्द्र बज्राचार्यले खिच्नुभएको स्वंयम्भूको फोटो, जुन नेदरल्याण्ड लाइभ अक्सनमा नेपाली ५५ लाख भन्दा धेरैमा बिक्रि भयो

  • 368
  •  
  •  
  •  
  •  
  •  
  •  
    368
    Shares

रमिता दंगाल

नेपाल नै हल्लाउने गरी भूकम्प गएको ६ बर्ष पुग्नै आँट्यो ।वि सं २०७२ साल बैसाख १२ गते शनिबार गोरखाको बारपाक केन्द्रविन्दु बनाएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गयो ।

भूकम्पपछि लगातार जसो ठुला साना परकम्प आइरहेका छन् । भूकम्पमा झण्डै ९ हजारले ज्यान गुमाए । झण्डै ८ लाख घर क्षतिभए । भौतिक संरचना र सम्पदामा पनि क्षति भयो । अहिले पुन: र्निर्माणको काम निरन्तर भैरहेको छ ।

फोटोमा कैद भएको भूकम्प

भूकम्पले गर्दा काठमाडौं उपत्यकामा रहेका विश्व सम्पदा क्षेत्रका शताब्दी पुराना ऐतिहासिक सम्पदा भत्किएका थिए । वसन्तपुर दरवार क्षेत्र निकै प्रभावित भएको थियो । भूकम्पले ऐतिहासिक धरहरा ढल्यो । जुन अहिले पुन र्निर्माणको अन्तिम चरणमा छ । रानी पोखरी पुनर्निर्माण भैसकेको छ । बरिष्ठ फोटो पत्रकार दिपेन्द्र बज्राचार्यले त्यसबेला भूकम्पले गरेको क्षतिलाई कैद गर्नुभयो । जुनअहिले उहाँका लागि र अरुका लागि समेत सम्झनायोग्य छ ।

उहाँले झन्डै चार दशकदेखि फोटो पत्रकारिता गर्दै आउनुभएको छ। काठमाण्डौको स्वंयम्भू उहाँको घरको कोठाबाट नै देखिन्थ्यो। कोठाबाटै देखिने भएपनि बैशाख १२ को भुकम्प गएको चार दिनपछि उहाँ स्वंयम्भू पुग्नुभयो । भूकम्पले स्वयम्भूको बसपार्कमा रहेको धर्मधातु स्तुप भन्दा माथीको गर्वगृह भन्दा माथी आँखाको भाग चर्केको थियो ।

त्यतिबेला उहाँले ६/७ वटाजति फोटो खिच्नु भएको थियो ।त्यसमध्ये एउटा फोटोले नेपालमा मात्र नभएर विदेशसम्म चर्चा पाउन सफल भयो ।

फोटोको चर्चा

बरिष्ठ फोटो पत्रकार बज्राचार्य फोटोलाई साम्मन गर्नुहुन्छ। उहाँ आफुले खिचेको कुनै पनि फोटोमा केरमेट गर्नुहुन्न । त्यो फोटोमा पनि उहाँले आफ्नो कपि राइट राख्नु भएन । उहाँ भन्नुहुन्छ,‘मैले त्यो फोटो प्रोफाइल फोटो राखेको थिएँ । भूकम्प लगत्तै प्रोफाइल राख्न एकदम गाह्रो थियो ।

कतै पनि नेटचलेको थिएन। मैंले एकदम दुःख गरेर फेसबुकमा राखें । फोटो राखेको १२ घण्टामा एक हजार जनाले शेयर गर्नुभयो र १ सय ५० जनाले कपि गर्नु भएको थियो। । साथै त्यति बेलादुई जनाले फोटो कपि गर्नलाई सोध्नु भएको थियो र मैंले उहाँहरुलाई मेरो नाम पनि हालेर फोटो राखिदिनु भएमा धेरै खुसि हुनेछु भनेको थिएँ ।

त्यसै हप्ता नेदरल्याण्डबाट म्यारिती नामक एक लेडीको मेल आयो । नेदरल्याण्डमा उसको सानो फोटो ग्यालरी रहेछ। उनले भनिन्‘मैले तिम्रो कामलाई फलो गरि राखेको छु। तिमीले मलाई चिन्दैनौं ।तर मैले तिम्रो कामले तिमीलाई चिन्छु ।मलाई तिम्रो कामको एग्जिभीसन (प्रदर्शन) गर्न मन छ, हुन्छ? भनेर सोधिन्।

म सँग एग्जिभीसन गर्ने क्यापासिटी थियो त्यसैले मैले हुन्छ भने तर सबै खर्च तिमीले हेर्नुपर्छ भने । म संग खर्च बेहोर्ने कुनै क्यापासिटी छैन, उनलाई मैले त्यहि भनें ।’ फेरी पछि उसले दिपेन्द्र हामी अरु काम नगर्ने भयौं। मेरो आफ्नै एउटा फोटो ग्यालरी छ त्यसमै तिम्रो यहि एउटा फोटोको एग्जिभीसन मात्र गर्छु,फोटो पठाई देउन भनिन् । मैंले हुन्छ भनें ।

फेरी एक हप्ता पछिउ सको अर्को मेल आयो ।मेलमा भनियो,‘यसलाई म मेरो ग्यालरीमा अक्सनमा राख्छु, आर्ट किन्ने साथीहरुलाई बोलाउंछु अनि बेच्छु।’ यसमा पनि फेरी मैले हुन्छ भनें । उ खुसि हुँदै तिम्रो डिमाण्डहरु लेखेर पठाइ देउ भनिन् । उसले भने जस्तै गरें, उ खुसि हुँदै,अब यो फोटो बेचेको पैसाले के गर्न चाहन्छौ त भनेर प्रश्न गरिन् । त्यति बेला मेरो एक जना बिद्यार्थी बेपत्ता भएको ४० दिन भैसकेको थियो ।उसलाई सिन्धुपाल्चोकबाट काठमाण्डौ ल्याउँदा झण्डै मरिसकेको थियो ।

उसको नाम दावा शेर्पा हो । मलाई यो मान्छेलाई बचाउनुछ। त्यहाँ उसको गाउँमा ४१ वटा घर जमिनभित्र भासिएको थियो मलाई त्यहाँ केहि गर्नु छ भनें। मलाई जति पैसा आउँछ म त्यो सबै पैसा त्यो मान्छेलाई दिन्छु भने ।उसले मलाई फेरी तीन पटक सम्म आर यू सिओर भनेर सोधिन् । मैले सिओर नै भनें। मैले उसलाई एउटा कन्डिसन राखेको थिएँ । त्यो फोटोको दुई वटा प्रिन्ट गरेर एउटा चाहिं मलाई पठाइदिनु भने । मैंले भने जस्तै उनले फोटो पठाई दिईन ।’

फोटो अक्सन : नेपाली ५५ लाखमा बिक्री

फोटो अक्सनमा राख्ने बेला उनले मलाई लाइभमा बस म अक्सन गर्छु । मैंले भनें म लाइभमा बस्न सक्दिन, यहाँ नेट सहज नै छैन अनि समय पनि छैन। उसले त्यसो हो भने तिमी बस्नु पर्दैन म तिमीलाई लाइभ पठाइदिन्छु भनिन ।अनि उनले लाइभ पठाई दिईन । लाइभ हेर्दा त्यहाँ अक्सनमा त्यो फोटो एकदम मज्जासंग नेपाली ५५ लाखभन्दा धेरैमा बिक्री भएछ ।

सरकारलाई तिर्ने करहरु सबै गरेर मेरो हातमा ५५ लाख आएको थियो ।अनि मैंले मेरो विद्यार्थीको नाममा एउटा दावा फाउन्डेसन खोलेको छु। त्यहाँ ५५ लाख सहित मेरा साथिहरुले सहयोग गरेर १ करोड पैसा जम्मा भएको छ। हामीले त्यहि पैसाबाट सिन्धुपाल्चोकमा सुविधाहरु उपलब्ध गरायौं ।

फेसबुकमा राखेको फोटोले बदलेको जिन्दगी

फेसबुक मनोरञ्जनको मात्रै माध्यम रहेनछ । फेसबुकमा पोष्ट गरेको एउटा फोटोको कारणले जिन्दगी बदल्न सक्ने रहेछ।यसको उदाहरण हुनुहुन्छ, दिपेन्द्र बज्राचार्य। ‘यो फोटो नेपालमा कुनै पनि म्यूजियममा राखिएको छैन तर एक्जिभीसनमा राखिएको छ ।’

उहाँ भन्नुहुन्छ,‘मेरो यो अमेरिकन साथीहरुसंग छ। मैले भूकम्पको बेला थोमस भन्ने साथीलाई यहि तस्बिर गिफ्ट दिएको थिएँ। उसले १ लाख रुपैयाँ मलाई ‘टोकन अफ लभ’ दिएको थियो । मैले यो फोटो पत्रकारहरु र पब्लिकेशनहरुलाई पनि बेचेको छु ।’


  • 368
  •  
  •  
  •  
  •  
  •  
  •  
    368
    Shares