एजेन्सी। सानो छँदा स्कुलमा शिक्षकले तपाईंलाई कान समातेर उठबस गर्न लगाएको सम्झिनु हुन्छ ? सायद धेरै जनाले अनुभव गर्नु भएको थियो । अझै पनि नेपालका विद्यालयमा कान समातेर उठबस गर्ने सजाय दिने चलन छ । यो हाम्रा लागि सजाय थियो। तर अहिले बिचार गर्दा , हाम्रा शिक्षकले त्यत्तिकै सजाय दिएका होइन रहेछन् भनेर बल्ल प्रमाणित भएको छ ।
आजकाल अमेरिका,युरोपतिर कान समातेर उठबस गर्ने चलन व्यापक हुँदैंछ । तर सजायका रुपमा नभई यसलाई योगका रुपमा गर्ने गरिन्छ । कान समातेर उठबस गर्ने योगलाई ‘सुपरब्रेन योग’ नाम दिइएको छ।
कान समातेर उठबस गर्नाले मष्तिष्कको काम गर्ने क्षमतामा वृद्धि हुने जनाइएको छ । कान समातेर उठबस गर्नाले डिस्लेक्सिया,एन्जाइटी, डिप्रेसन,डिमेन्सियाका जस्ता बिरामीको अवस्थामा केहि सुधार गरेको प्रमाणित भैसकेको छ। यसलाई सजायको रुपमा नेपालमा मात्र होइन, भारत, पाकिस्तानजस्ता दक्षिण एशियाली मुलुकका शैक्षिक संस्थामा परम्परादेखि दिइदैं आएको छ।
तर वास्तबमा यसले स्नायु प्रणाली र मष्तिष्कमा अक्सिजन प्रवाह गर्न मद्धत गर्छ र पढाईमा ध्यान केन्द्रीत गर्न सघाउ पुर्याउँछ। त्यसैले यसलाई सजायको रुपमा दिने गरेको बताइन्छ।
आयुर्वेदीय पद्धतिबाट दाहिने हातले देब्रे कान समात्ने र देब्रे हातले दाहिने कान समात्ने अवधारणा आएको मानिन्छ। यसरी कान समात्दा कानको लोतीमार्फत् उर्जा प्रवाह भई दुवै तर्फको मष्तिष्कको कार्य गर्ने क्षमता अझ वृद्धि हुने गदर्छ । यो अभ्यासले तत्काल सन्तुलित र शान्त महसुस गर्ने गरेको योगा गर्नेहरुले बताउने गरेका छन्।
यो योगले कानको एक्युपंचर बिन्दुलाई सक्रिय बनाउछ, जसले मुख, आँखा, पाठेघर, निधार र मष्तिष्कलाई उत्तेजित पार्छ।










