१० फागुन, काठमाण्डौ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र प्रधान सेनापति पूर्णचन्द्र थापाबीच सोमबार भेटवार्ता भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न सोमबार दिउँसो थापा सर्वोच्च जानुभएको हो ।
अदालतमा भएको थापा र जबराबीच भएको भेटवार्तामा के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन । कतिपयले प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा फैसला अन्तिम चरणमा पुगेको बेला प्रधानन्यायाधीश र सेनाका प्रमुखबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरेपनि सर्वोच्च स्रोतले भने यसबारे कुनै कुराकानी नभएको स्पष्ट पारेको छ ।
सर्वोच्च अदालतमा प्रतिनिसभा विघटनको मुद्दा फैसलाका लागि अन्तिम चरणमा पुगेका वेला सेनापति थापाले शमशेरलाई भेट्नु अर्थपूर्ण मानिएको छ ।
[sidebar name="button post"]











