आज सुनको मूल्य स्थिर, तोलाको कति छ ?

१० फागुन, काठमाण्डौ। साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। आइतबार तोलामा ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार पनि सोही मूल्यमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन तोलामा ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको छ।

यसैबीच चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ । आइतबार तोलामा १३३० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार रु ५ बढेर तोलामा १३३५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

[sidebar name="button post"]