आजको मुख्य समाचारमा
नेपालको अर्थतन्त्र पुरानै अवस्थामा ल्याउन साढे ६ खर्ब लाग्ने
कोभिड–१९ को प्रभावले थलिएको नेपालको अर्थतन्त्र पुरानै अवस्थामा ल्याउन रु साढे छ खर्बभन्दा बढी लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले कोरोनाको प्रभावले थलिएको अर्थतन्त्र उकास्न रु छ खर्ब ६५ अर्ब लाग्ने प्रक्षेपण गरेको हो ।
प्रतिनिधिसभा विघटन राजतन्त्र पुनस्स्थापना गर्ने प्रक्रियाको सुरुवात
६ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन राजतन्त्र पुनस्स्थापना गर्ने प्रक्रियाको सुरुवात भएको बताएका छन् ।
मंगलबार कति थपिए नेपालमा कोरोना संक्रमित ?
पछिल्लो २४ घण्टामा नेपालमा थप ३४८ जना कोरोना संक्रमणको पुष्टी भएको छ । यससँगै मंगलबार देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ९९२ पुगेको छ।
मृगलाई पड्काएको भरुवा बन्दुक गोठालोलाई लागेपछि
रोल्पामा मृगलाई पड्काएको भरुवा बन्दुकले गोठालोको ज्यान गएको छ । रोल्पा नगरपालिका-९ फाल्जा बस्ने ४५ वर्षीया बरु पुन मगर छिमेकीले भरुवा बन्दुक पड्काउँदा लागेर सोमबार दिउँसो गम्भीर घाइते भएकी छिन् ।
अपार्टमेन्टमा आगलागी हुँदा २३ जनाकाे सकुशल उद्धार
काठमाडौं महानगरपालिका-१४ रबिभवनस्थित सोल्टी अपार्टमेन्टको तेश्रो तल्लाबाट करेन्ट सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा अपार्टमेन्टमा रहेका २३ जनालाई सकुशल उद्धार गरिएको छ ।
ओरिजिनल एमाले म हो, केपी ओली होइन : माधव नेपाल
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधव नेपालले अब संसद रहेन, संसद नरहेपछि देशमा प्रधानमन्त्री पनि नरहने बताएका छन् । आफू निकट पत्रकारहरुको भेलालाई मंगलबार सम्बोधन गर्दै नेता नेपालले भने, ‘आफैंले संसद विघटन गरेपछि संसद रहेन, संसद नरहेपछि प्रधानमन्त्री पनि रहँदैन ।
इटालीका प्रधानमन्त्री कोन्टे विश्वासको मत बचाउन सफल
इटलीका प्रधानमन्त्री गिउसेप कोन्टेले विश्वासको मत प्राप्त गर्नुभएको छ । इटलीको तल्लो सदनमा सोमबार भएको मतदानबाट उहाँले विश्वासको मत कायमै राख्नु भएको हो ।
निर्वाचन हुँदैन भन्ने भ्रममा नपर्न प्रधानमन्त्री ओलीको आग्रह
नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिनुभएको छ । नेकपा नुवाकोटका काठमाडौँमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उहाँले प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन आग्रह गर्नुभयो ।
निगमले पहिलोपटक मकाउमा चाटर्ड उडान गर्ने
नेपाल वायुसेवा निगमले पहिलोपटक मकाउमा चाटर्ड उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सको न्यारोडबडी जहाज आज राती ११ बजे मकाउका लागि उड्ने भएको छ ।
भारतमा कोरोनाको खोप लगाएका दुई स्वास्थ्यकर्मीको ज्यान गयाे
भारतमा कोरोना भाइरस ९कोभिड–१९० को खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार शनिबार कोरोना खोप लिएका दुई स्वास्थ्यकर्मीको आइतबार र सोमबार मृत्यु भएको हो । यद्यपि यी दुवै स्वास्थ्यकर्मीको मृत्युको कारण भने हृदयाघात भएको बताइएको छ ।
भारतको सुरतमा ट्रकले ठक्कर दिँदा १५ जनाको मृत्यु, प्रधानमन्त्रीद्धारा राहतको घोषणा
भारतको गुजरात राज्य अन्तर्गत पर्ने सुरतको कासाम्बा क्षेत्रमा भएको ट्रक दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
झापामा एक वर्षमा ५४४ वटा सवारी दुर्घटना, ७१ जनाले मृत्यु
जिल्लामा हरेक वर्ष सडक दुर्घटना एवं त्यस्ता दुर्घटनामा ज्यान गुमाउनेहरूको सङ्ख्या बढ्दै गएको छ ।
अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प
दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनामा सोमबार ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ ।
आज पनि संवैधानिक इजलासमै सुनुवाइ : पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पाँच वर्षका लागि निर्वाचन भएकाले साढे तीन वर्षमै निर्वाचन गर्न नमिल्ने बताउनुभएको छ ।
ललितपुरको लुभुमा एक दम्पत्ति मृत अवस्थामा भेटिए
ललितपुरको लुभुमा एक दम्पत्ति मृत अवस्थामा भेटिएका छन् । स्थानीय रमेश खड्काको घरमा फ्याल्ट भाडामा लिएर बसेका सप्तरी, राजविराजका ३२ वर्षीय सागर पोखरेल र उनकी श्रीमती २२ वर्षीया निर्मला पोखरेल मृत अवस्थामा भेटिएका हुन् ।
फेरी बढ्यो सुनको मूल्य, आज तोलाको कति पुग्यो ?
सुनको मूल्य मंगलबार बढेको छ। नेपाली बजारमा आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
ऐतिहासिक रानीपोखरी हरियो लेउले ढाकेपछि सौन्दर्य कायम सरसफाइ शुरु
काठमाडौँ महानगरपालिकाले रानीपोखरीमा रहेको लेउ हटाएर थप सुन्दर बनाउन थालेको छ । पुनःनिर्माणपछि चिटिक्क भएको ऐतिहासिक रानीपोखरी हरियो लेउले ढाकेपछि सौन्दर्य कायम राख्नका लागि कामपाले सोमबारदेखि सरसफाइ शुरु गरेको हो ।
गुजरातमा सुतिरहेका मजदुरहरुमाथि ट्रक अनियन्त्रित, १५ जनाको मृत्यु
भारतको गुजरातमा ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ । गुजरातको सुरत भन्ने स्थानको सडक किनारमा सुतिरहेका मजदुरहरुमाथि एक ट्रक अनियन्त्रित भइ गुडेको थियो ।
काठमाडौंमा हिटर बालेर सुत्दा एक जनाको ज्यान गयाे
जाडो छल्न हिटर बालेर सुत्दा काठमाडौंमा एक जनाको ज्यान गएको छ । काठमाडौंको कलङ्की, खड्का गाउँमा विद्युतीय हिटर बालेर सुतेका ८६ वर्षका शिवराम खड्काको जलेर ज्यान गएको प्रहरीले जनाएको छ
अमेरिकामा बाइडेनको शपथ ग्रहण नजिकिँदै गर्दा सुरक्षा व्यवस्था कडा
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको शपथ ग्रहण समारोह नजिकिँदै गर्दा सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षा खतराका कारण शपथ ग्रहण समारोहको दुई दिन पहिले सोमबार राजधानी वासिङ्गटन डिसीस्थित संसद भवन केही समयका लागि लकडाउन गरिएको बीबीसीले जनाएकाे छ ।
जहाँ अभाव त्यहाँ अभिभावक : बुद्धिष्ट बालगृहकी संस्थापक एवं पौरखी महिला दुर्गा मैनाली
आज माघ ६ गते मंगलबार, कस्तो छ तपाईंको राशिफल ?












