६ माघ, काठमाडौं । नेपाल वायुसेवा निगमले पहिलोपटक मकाउमा चाटर्ड उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सको न्यारोडबडी जहाज आज राती ११ बजे मकाउका लागि उड्ने भएको छ ।
वैदेशिक रोजगारीका सिलसिलामा मकाउमा रहेका नेपाली यो उडानमार्फत नेपाल र्फकने भएका छन् । काठमाडौंबाट भने यात्रु लैजान मकाउले रोक लगाएका कारण जहाज रित्तै मकाउ उड्नेछ ।
जहाज बुधबार बिहान करीव १० बजेट काठमाडौं अवतरण गरिसक्ने कम्पनीका एक अधिकारीले जानकारी दिए । अहिले मकाउमा जाने नेपालीले हङकङ वा चीन ट्रान्जिट गरी समुन्द्रीमार्ग प्रयोग गरी आउजाउ गर्ने गर्छन् ।
तर, हङकङले कडाइ गर्दा मकाउ जाने यात्रु समेत प्रभावित हुने गर्छन् । हङकङ र मकाउ दुबै चीन स्वशाशित क्षेत्र हुन् । नेपाल एयरलाइन्सले मकाउबाट १४७ जना यात्रुलाई काठमाडौं ल्याउने छ ।












