हामी सबैलाई दैनिक ८ देखि १० गिलास पानी शरीरको लागि आवश्यक हुन्छ। तपाईंले दिनमा तीन पटक तातोपानी पिउने बानी बसाल्नुभयो भने शरीर बिरामी हुनबाट बचाउँछ ।
साथै तातो पानी कब्जियतको समस्यालाई पनि निर्मूल गरी शरीरलाई आराम महसुस गराउँदछ। अध्ययन अनुसार मनतातो पानीले केही हदसम्म शारीरिक दुखाइहरू समेतलाई कम गर्ने गर्दछ। हामीहरु कति तातो पनि पिउने गर्छौं तर यसको फाइदा बारे अन्जान छौँ।
तातो पानी पिउनुको यस्ता छन् फाइदा
चिसोबाट बचाउने :
यदि तपाईंलाई छातीको चिसोले सताइरहेको छ भने तातो पानी पिउन लाभदायक मानिन्छ । तातो पानी पिउनाले गला पनि ठीक हुन्छ । त्यस्तै यसको सेवनले आराम मिल्छ ।
महिनावारीको दुःखाइ कम गराउने :
महिनावारीको दुःखाइ प्राय महिलाहरुको नियमित कामलाई नै रोकिदिन्छ । यसमा तातो पानीले यो दुःखाइलाई कम गर्न मद्दत गर्छ ।
तौल कम गराउने :
तपाईंको तौल लगातर बढिरह्यो र धेरै कोसिस गर्दापनि कुनै असर गरेन भने तातो पानीमा कागती मिसाएर लगातार तीन महिनासम्म पिउने गरेमा तपाईंले फरक अनुभव गर्न सक्नुहुन्छ । त्यस्तै तपाईं स्वास्थ राम्रो चाहनुहुन्छ भने खाना खाएपछि १ गिलास तातो पानी खाने गर्नुहोस् ।
शरीर सफा गरुने :
तातो पानी पिउनाले शरीर सफा गर्नलाई मद्दत मिल्छ । साथै यसले शरीरका धेरै खराबीहरुको सजिलैसँग सफा गरिदिन्छ । तातो पानी पिउनाले शरीरको तापक्रम बढ्छ । जसले पसिना निकाल्छ र यसको माध्यमबाट शरीरको विकारलाई बाहिर फाल्न मद्दत गर्छ ।
अनुहारमा कलिलोपना ल्याउने :
यदि तपाईंको अनुहारको छालाले तपाईंलाई दुःखी बनाएको छ भने आजैदेखि तातो पानी पिउन सुरुवात गर्नुहोस्। केही हप्तामै परिवर्तन देख्नुहुन्छ । छालाका अंगहरु नरम हुने छ र चमक पनि बढ्नेछ ।
कपालको लागि पनि फाइदा गर्ने :
तातो पानी पिउनाले कपाल र छाला दुवैको लागि फाइदाजनक छ । यसले कपाललाई चमकदार बनाउँछ। साथै यसले चमक बढाउन पनि मद्दत गर्दछ ।
पाचन क्रियालाई सहज बनाउने :
तातो पानी पिउनाले पाचन क्रियालाई सहज बनाउँछ । साथै ग्यासको समस्यालाई पनि कम गर्न मद्दत गर्दछ । खाना खाएपछि १ गिलास तातो पानी पिउने बानी गर्नुस् । यसो गर्नाले खानालाई छिटै पचाउँछ र पेट हल्का हुन्छ ।
रक्त सञ्चार सन्तुलन गराउने :
हाम्रो शरीर सुचारु रुपमा चल्नको लागि रक्त सञ्चार पूरै शरीरमा सही हुन आवश्यक हन्छ । तातो पनि पिउने गर्नाले हाम्रो शरीरको रक्त संचार सन्तुलन राख्न सहयोग पुर्याउँछ।
शरीरको ऊर्जा बढाउने :
सामान्य पानीको तुलनामा कागती राखेर तातो पानी पिउनाले तपाईंको ऊर्जा बढेर जान्छ । साथै पाचन प्रणाली पनि सन्तुलन हुनेछ ।
जाडोको दुःखाइ कम गराउने :
तातो पानीले जाडोको दुखाईलाई कम गर्छ । हाम्रो माशंपेशीको ८० प्रतिशत भाग माशंपेशीले बनेको हुन्छ । तातो पानीले माशंपेशीको दुःखाइ पनि कम गर्न सहयोग गर्दछ ।











