६ माघ, काठमाण्डौ। सुनको मूल्य मंगलबार बढेको छ। नेपाली बजारमा आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुन तोलाको ९१ हजार ८ सय रुपैयाँ थियो । यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।












