आजका मुख्य समाचारमा
प्रधानमन्त्री ओली : निर्वाचनबाट किन डराउने ?
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इसारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताउनुभएको छ ।
ओलीले अशान्ति चाहेकोले चुनाव नहुने नेपालकाे ठोकुवा
नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओली अव्यवस्था र अशान्ति चाहेकोले चुनाव नहुने ठोकुवा गर्नुभएको छ ।
२४ घण्टा यता नेपालमा कति थपिए कोरोना संक्रमित, कति भए कोरोनामुक्त ?
नेपालमा पछिल्लो २४ घण्टामा थप २४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ ।
निर्वाचनको तयारीमा जुट्न यातायातमन्त्रीकाे आह्वान
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आह्वान गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ द्वारा शुक्रबार फिदिममा आयोजित बृहत् कार्यकर्ता भेलामा उहाँले ताजा जनादेशबाट मुलुकलाई निकास दिनुको विकल्प नरहेको बताउनुभएको हो ।
संसद् विघटनको मुद्दामा न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ : वरिष्ठ नेता पौडेल
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले देशको हितमा निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशहरुलाई मैले भेटेको छैन : ओली
प्रधानमन्त्री केपी ओलीले आफूले न्यायाधीशहरूलाई कहिल्यै नभेटेको बताएको छन् । शनिबार काठमाडौंमा आयोजना गरिएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई आफूले नभेटेको बताएका हुन् ।
देशका धेरै ठाउँमा मौसम बदली, तराईमा हुस्सु र कुहिरो निरन्तर
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका धेरै ठाउँमा मौसम बदली भएको छ । महाशाखाका अनुसार तराईमा शीतलहरको जोखिम बढ्दै गएको छ ।
भारतले पाम आयातमा प्रतिबन्ध लगाएपछि अधिकांश तेल उद्योग धरासायी
छिमेकी मुलुक भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग धरासायी हुँदै गएको छ ।
हेटौँडा उपमहानगरपालिकाका ४२९ योजनामध्ये १२७ योजना पूरा
मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालू आर्थिक वर्षको पाँच महिनामा भौतिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ४२९ योजनामध्ये १२७ वटा योजना सम्पन्न गरेको छ । साथै, ९० वटा योजना चालू अवस्थामा रहेको र ३०२ वटा योजना सम्झौताको प्रक्रियामा रहेको सो उपमहानरपालिकाले जनाएको छ ।
इन्डोनेसियामा शक्तिशाली भूकम्पका कारण ८०० घाइते, १५ हजार विस्थापित
इन्डोनेसियामा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ८०० भन्दा बढी घाइते भएका छन् ।भूकम्पका कारण अरु १५ हजार मानिस विस्थापित समेत भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । देशको पश्चिम सुलावेसी प्रान्तमा ६.२ म्याग्नीच्युडको भूकम्प गएको हो ।
माघ १ गतेदेखि होटल रेष्टुराँका सञ्जाल चितवनमा
राजधानी र बुटवलमा मीठो खानाका लागि ख्याति कमाएको दियालो फुडल्याण्डले माघ १ गतेदेखि आफ्नो शाखा यहाँ सञ्चालनमा ल्याएको छ । दियालो मात्रै होइन, राजधानी र अन्य शहरमा सञ्चालित होटल तथा रेष्टुराँले आफ्नो शाखा विस्तार गर्दा चितवनलाई रोज्ने गरेका हुन् ।
विदेशबाट फर्किएका युवालाई व्यवसाय सञ्चालन गर्न अनुदान
पर्वतको जलजला गाउँपालिकाले विदेशबाट फर्किएका युवालाई व्यवसाय सञ्चालन गर्न अनुदान वितरण गर्ने भएको छ ।कोभिडका कारण रोजगारी गुमेर फर्किएका युवालाई साना तथा घरेलु उद्यम, कृषि, पशुपालन, फलफूल खेती, ब्लक उद्योगलगायतका क्षेत्रमा लाग्न चाहेमा प्रविधि सहयोग गर्ने जनाइएको छ ।
कोरोना संक्रमित कर्मचारीको जागिर चट्
कोरोना भाइरसबाट संक्रमित भएर होम आइसोलेशनमा बसेका म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरस्थित प्रभु बैंकको शाखामा कार्यरत एक कर्मचारीको जागिर गुमेको छ । एक्सलेन्ट सेक्युरिटी प्रालिमार्फत प्रभु बैंकको सो शाखामा सुरक्षा गार्डका रूपमा काम गर्दै आएका अन्नपूर्ण–६ का ४१ वर्षीय शिव बरुवालको जागिर खोसिएको हो ।
कंगनामाथि चोरीको आरोप
बलिउडकी चर्चित अभिनेत्री कंगना रनौतविरुद्ध फिल्मको कथा चोरेको आरोप लागेको छ । कंगनाको बहुप्रतीक्षित फिल्म ‘मणिकर्णिका रिटन्र्सः द लीजेण्ड अफ दिद्दा’ को कथा चोरिएको आरोप लागेको छ ।
मजुवाफाँट जोड्ने झोलुङ्गे पुल पुनःनिर्माण, स्थानीयवासी खुशी
संरक्षण अभावमा जीर्ण बनेको गलकोट नगरपालिका–५ बसाहफाँट र वडा नं ६ मजुवाफाँट जोड्ने झोलुङ्गे ‘राजाको’ पुल पुनःनिर्माण गरिएको छ । चौबीसे राज्यअन्तर्गत तत्कालीन गलकोटे राजा भरतबम मल्लका पालामा बनेको उक्त झोलुङ्गे पुल अहिले पनि ‘राजाको पुल’ ले चिनिन्छ ।
शीतलहर : ‘तर गोविन्द उपर नारायण’
जाडो छिप्पिदै गएपछि तराईमा बाक्लै प्रयोगमा आउने पुरानो उक्ति छ, ‘तर गोविन्द उपर नारायण’ अर्थात् तल गोविन्द, माथि नारायण । खासमा पराले झुप्राका गुजुमुज्ज गरिब बस्तीमा यो आहान ‘उक्ति’तराईमा चरितार्थ हुन्छ, जाडोयाममा ।
सीमासम्बन्धी बाँकी काम चाँडो पूरा गर्ने प्रतिबद्धताका साथ संयुक्त आयोगको बैठक सम्पन्न
सीमासम्बन्धी बाँकी काम चाँडो पूरा गर्ने प्रतिबद्धताका साथ नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक सम्पन्न भएको छ ।
भारतले आजदेखि सर्वसाधारणलाई कोरोना खोप लगाउने
भारतले आजदेखि सर्वसाधारणलाई कोरोनाविरुद्धको खोप लगाउने भएकाे छ । स्थानीय समयअनुसार बिहान साढे १० बजे खोप अभियानको सुरुवात गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । खोप अभियानको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुहुने छ।
आखेटोपहार र बन्दुकसहित पाँच पक्राउ
डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु जस्तो देखिने आखेटोपहार र भरुवा बन्दुकसहित पाँच जना पक्राउ परेका छन् । चोरी शिकारी नियन्त्रण एकाइले त्रिपुरासुन्दरी नगरपालिका–११ बाट उनीहरुलाई पक्राउ गरी निकुञ्ज कार्यालय सुलिगार्ड ल्याएको हो ।
प्रधानमन्त्री कप क्रिकेटमा विनोदको शतकले आर्मी विजयी
कप्तान विनोद भण्डारीले शतकीय पारी खेलेपछि नेपाली सेनाको त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विजयी भएको छ ।











