ओलीले अशान्ति चाहेकोले चुनाव नहुने नेपालकाे ठोकुवा

२ माघ, दाङ । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओली अव्यवस्था र अशान्ति चाहेकोले चुनाव नहुने ठोकुवा गर्नुभएको छ ।

प्रेस संगठन दाङले शानिबार ‘आज’ घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष एवं पूर्व प्रधानमन्त्री नेपालले आधिकारिक नेकपा आफूहरु भएको चर्चा गर्दै केपी ओली नेतृत्वको नेकपालाई वली गुटको संज्ञा दिनु भयो । प्रतिगमन विरुद्ध संयुक्त आन्दोलनबारे अन्य राजनीतिक दलहरुसंग छलफल चलिरहेको उहाँले बताउनु भयो ।

पत्रकार भेटघाट कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन अनन्त, पूर्व सभामुख ओनसरी घर्ती लगायतका नेताहरुको उपस्थिति थियो । उहाँहरु नेकपा, दाङले आज तुलसीपुरमा आयोजना गरेको कार्यकता प्रशिक्षण कार्यक्रममा सहभागी हुन दाङ आउनु भएको हो ।

प्रेस संगठन दाङका अध्यक्ष प्रकाश चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रमको सहजीकरण पाण्डव शर्माले गर्नुभएको थियो ।

[sidebar name="button post"]