Ad #144479

आजका मुख्य समाचारमा

सूर्य चिन्ह आफूले पाउने प्रचण्डको दावी
नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको आधिकारिकता र चुनाव चिन्ह् सूर्य आफूले पाउने दाबी गरेका छन् ।

बाक्लो हुस्सुले तराई तथा दुर्गम भेगका ४० उडान रद्द
हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने तराई तथा दुर्गम भेगका विभिन्न जिल्लाको उडान प्रभावित भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुने तराईका विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्जलगायत गन्तव्यको उडान दुई दिनदेखि प्रभावित भएको हो ।

नोटमा पृथ्वीनारायण शाहको तस्वीर अंकित गर्नुपर्ने थापाको माग
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदान र भुमिकाको स्मरण गर्दै श्रद्धा सुमन प्रकट गरेकोमा अमेरिकामा बस्ने प्रबासी नेपालिहरुलाई धन्यवाद ब्यक्त गरेका छन् ।आज प्रबासी नेपाली एकता समाज ‘पानस’ अमेरिकाद्वारा राष्ट्रनिर्माणमा पृथ्वीनारायण शाहको योगदान विषयक भर्चुअल अन्तरक्रियामा प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष थापाले दक्षिण एसिया महाद्वीपमा व्रिटिश साम्राज्य विस्तार अभियानलाई रोकि वाईसे चौविसे राज्यलाई जोडेर विशाल नेपाल निर्माण गर्ने पृथ्वीनारायण शाहको उच्च प्रशंसा गरे ।

नेपालमा पछिल्लो २४ घण्टा यता कति संक्रमित र कति कोरोनामुक्त ?
नेपालमा पछिल्लो २४ घण्टामा थप ४३० जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ।

लाइसेन्सको परीक्षाका लागि कोटा प्रणाली हटाइने
अब लाइसेन्सको परीक्षाका लागि कोटा प्रणाली हटाइने भएकाे छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र ‘लाइसेन्स’को परीक्षाका लागि लागू भएको कोटा प्रणाली हटाउने भएको हाे ।

नयाँ पाठ्यक्रम प्रारूपविरुद्धको रिट सर्वोच्चद्वारा खारेज
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ । मंगलबार सर्वोच्च अदालतले रिट खारेज गरेसँगै नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको हो ।

सञ्चार क्षेत्रका समस्या समाधानका लागि १६ बुँदे माग
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई नेपाल पत्रकार महासंघ काठमाडौंले श्रमजीवी पत्रकार तथा सञ्चार क्षेत्रका समस्या समाधानका लागि आज १६ बुँदे माग राखेर ध्यानाकर्षण गराएको छ ।

पाँच श्ययाको कोभिड अस्थायी अस्पताल सञ्चालनमा
पातारासी गाउँपालिकाले पाँच श्ययाको कोभिड अस्थायी अस्पताल सञ्चालनमा  ल्याइएको छ । सो अस्पताल उद्घाटन गर्दै अध्यक्ष लछिमान बोहराले अहिले पनि कोरोना कम नभएको भन्दै कठिन अवस्था आएमा स्वास्थ्यकर्मीहरुले निरन्तर काम गर्ने र गाउँपालिकाले कोरोनाबाट जोगाउन सघाउने बताउनुभयो ।

यौन हिँसा गरेको आरोपमा आरआर क्याम्पसका प्राध्यापक पक्राउ
काठमाडौंको प्रदर्शनी मार्गमा रहेको रत्न राज्य लक्ष्मी ‘आरआर’ क्याम्पसका एकजना प्राध्यापक पक्राउ परेका छन् । आरआर क्याम्पसका प्राध्यापक ४५ वर्षीय विष्णुप्रसाद आचार्य पक्राउ परेका हुन् ।

काठमाडाैं उपत्यकामा हिजोभन्दा आज केही न्यानो महशुस, तराईमा बाक्लो कुहिरो
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बादल लागेर फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको जनाएकाे छ ।

आज कति थपिए काठमाडौँ उपत्यकामा कोरोना संक्रमित ?
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २५९ जना कोरोना संक्रमित थपिएका छन्। संक्रमित हुनेमा ११५ महिला र १४४ पुरुष छन्।

हिमपातका कारण मडरीडमा जनजिवन प्रभावित
दशकाै पछि स्पेनको राजधानी मडरीडमा ठुलो हिमपात परेको छ। हिमतमा साबेल र औजार लिगी मडरीडका वासिन्दा हिउँ सोर्नका लागी वाहीर निस्केका छन्।

सिञ्जामा ६ वडाको जिम्मेवारी एक सचिवलाई 
जुम्लाकको सिञ्जा गाउँपालिकामा कर्मचारी अभावका कारण एकै जना कर्मचारीलाई ६ वटा वडा कार्यालयको प्रशासनिक जिम्मेवारी हेर्नुपरेको छ ।

फेसबुकको सम्बन्धकै कारण विवाह : २० बर्षमै दुई सन्तान, पाल्नलाई समस्या !
जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडाकी मायाकुमारी विष्टको कक्षा ८ मा पढ्दा पढ्दै सामाजिक सञ्जाल फेसबुकमा एक युवकसँग चिनजान भयो । १७ वर्षीया विष्टको फेसबुकको सम्बन्धकै कारण विवाह पनि भयो । हाल उहाँ २० वर्षकी हुनुभयो ।

पछिल्लो २४ घण्टा यता कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?
देशभरका प्रयोगशालामा ५ हजार ३ सय जनाको पीसीआर परीक्षण गर्दा शनिबार थप ४ सय ३० जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

विपन्न परिवारका घर माटोको छनामुक्त गराइने
जुम्लाका आठवटै स्थानीय तहले आफ्नो पालिकाभित्रका अति गरीब र आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका घर माटोको छनामुक्त बनाउन थालेका छन् ।

डोनाल्ड ट्रम्पमाथि फेरी महाअभियोगको मुद्दा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरी महाअभियोगको मुद्दा लागेको छ। डेमोक्र्याटिक सांसदहरुले तल्लो सदनमा सोमबार उनीमाथि गत साता क्यापिटल हिलमाथि भएको भयानक हमलाको आधारमा महाअभियोगको मुद्दा दायर गरेका हुन्।

मनाङमा आगलागी : स्रोतसाधन अभावले नियन्त्रणमा चुनौती !
हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–२ थानचोकको वनबाट मंसिर ११ देखि शुरु भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । सल्लोको जङ्गल, सुकेका पातपतिङ्गर अनि निगालोको झाडीमा फैलिएको आगलागी नियन्त्रणबाहिर नै छ । हाल यो आगलागी नासो गाउँपालिका–८ ताचैसम्म पुगेको छ ।

टाउकोमा लाठी प्रहार गरि आफ्नै भाइको हत्या
बाँकेमा लाठी प्रहार गरी आफ्नै भाइको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नरैनापुर गाउँपालिका-४ नरैनापुर बस्ने ३० वर्षीय इसाइल खाँ रहेका छन् ।

चिकित्सा कोषबाट तीन स्वास्थ्यकर्मी पुरस्कृत हुने
डा तरुण पौडेल चिकित्सा कोषबाट तीन स्वास्थ्यकर्मी पुरस्कृत हुने भएका छन् । लामो समय स्वास्थ्य सेवामा समर्पित डा पौडेलले स्थापना गर्नुभएको कोषबाट मेडिकलतर्फ धौलागिरि अस्पताल बागलुङमा पूर्वकार्यरत डा प्रदीप श्रेष्ठ, नर्सिङतर्फ स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत मनादेवी गौतम र प्यारामेडिकलतर्फ धौलागिरि अस्पतालमा कार्यरत रेडियोग्राफर खड्कबिर थापालाई पुरस्कृत गर्न लागिएको हो ।

देशभर जागरण फैल्याउन सफल वाग्मती सफाइ महाअभियान
‘मेरो वासस्थान र वरिपरि, कार्यस्थल र सार्वजनिकस्थल वरिपरि तथा नदीनाला सफा राख्छु । वाग्मती नदीको स्वच्छता र पवित्रता कायम राख्न मन, वचन र कर्मले लाग्नेछु’ । प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा वाग्मती नदी किनारमा उपस्थित भएर सफाइ अभियानकर्मीले उल्लेखित शपथ लिएसँगै वाग्मती सफाइ महाअभियान शुरु हुन्छ । यसरी सफा गर्न थालिएको पनि शनिबार ४०० हप्ता पुगेको छ ।

कांग्रेसले सरकारको विरोध गर्न सूचना प्रविधिको उपयोग गर्ने
नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदमविरुद्ध देशव्यापी रूपमा संचालन गरिरहेको विरोध कार्यक्रममा सहभागिता बढाउन मिडिया तथा सूचना प्रविधिको अधिकतम उपयोग गर्ने भएको छ ।

पर्सामा ८० प्रतिशत किसान धान खेतीतर्फ आकर्षित
सरकारले निजीस्तरको गल्ला व्यापारीभन्दा बढी मूल्यमा धान खरीद गर्न थालेपछि पर्सा जिल्लाका किसान धान खेतीतर्फ आकर्षित हुँदै गएको छ । सरकारले पछिल्लो केही वर्षदेखि नेपाली धान खरीदको समर्थन मूल्य तोकेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत किसानको धान खरीद गर्न शुरु गरेको हो ।

भवन निर्माणको लागि आर्थिक सहयोग
पोखरा महानगरपालिका–१७ घारी पाटनद्धारा रक्त सञ्चार केन्द्र भवन निर्माणको लागि आर्थिक सहयोग गरेको छ । संस्थाले रु २५ हजार ५५५ आर्थिक सहयोग गरेको हो ।

घाइते अवस्थामा उद्धार गरिएको चरी बाघको मृत्यु
तनहुँको बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङबाट घाइते अवस्थामा उद्धार गरिएको चरी बाघको मृत्यु भएको छ । यही पुस २१ गते घाइते अवस्थामा उद्धार गरिएको बाघको सोमबार उपचारका क्रममा मृत्यु भएको हो ।

प्रदेश- का मुख्यमन्त्री राईसहित आठ जना सांसद पदबाट निलम्बन
नेकपा प्रचण्ड-नेपाल समूह प्रदेश १ मा संसदीय दलले मुख्यमन्त्री शेरधन राईसहितका आठ जनालाई सांसद पदबाट निलम्बन गरेको घोषणा गरेको छ ।

भारतीय टेलिभिजन ओलीको अन्तर्वार्ता : कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हाे !
प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि रहेको प्रष्ट सन्देश भारतलाई दिनुभएको छ । भारतीय टेलिभिजन च्यानल जीन्यूजलाई सोमबार दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले नेपालले आफ्नै भूमि समेटेर नयाँ नक्सा बनाएको र यसबारे वार्ताबाट समस्या समाधान गर्न आफूहरु तयार रहेको पनि बताउनुभयो ।

सिलिण्डर बोकेकाे ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु
बडीमालिका नगरपालिका–९ चौराटी खेतमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका–४ छापुका ६० वर्षीय धननाथ योगी रहेका छन् ।

कागेश्वरीको सहिद पार्कमा चांडै नै बस्दै छ विश्वकै ठुलो काग
काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकामा वडा नम्बर १ मा रहेको शहिद पार्कमा विश्वकै ठुलो १५ सय किलोको कागको मुर्ति राख्ने तयारी भैरहेको छ। शहिद पार्कमा राख्ने १३ फिट अग्लो कागको मुर्ति बनाउने काम लगभग लगभग अन्तिम चरणमा छ ।