Ad #144479

२८ पुस, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरी महाअभियोगको मुद्दा लागेको छ। डेमोक्र्याटिक सांसदहरुले तल्लो सदनमा सोमबार उनीमाथि गत साता क्यापिटल हिलमाथि भएको भयानक हमलाको आधारमा महाअभियोगको मुद्दा दायर गरेका हुन्।

यो प्रस्तावमाथि यही साताको अन्त्यतिर मतदान हुने सीएनएनले लेखेको छ। महाअभियोग प्रस्तावमा ट्रम्पको लगातारको चुनाव जितेको दाबी र गत जनवरी ६ को भिडमा गरेको भाषणको सन्दर्भ उल्लेख छ। यसमा ट्रम्पले जर्जियाका मन्त्रीलाई आफूलाई जित्न पर्याप्त मत व्यवस्था गर्न गरेको फोन कलबारे पनि उल्लेख छ।