कागेश्वरीको सहिद पार्कमा चांडै नै बस्दै छ विश्वकै ठुलो काग

  • 110
  •  
  •  
  •  
  •  
  •  
  •  
    110
    Shares

रमिता दंगाल

२८ पुस, काठमाण्डौ। काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकामा वडा नम्बर १ मा रहेको शहिद पार्कमा विश्वकै ठुलो १५ सय किलोको कागको मुर्ति राख्ने तयारी भैरहेको छ। शहिद पार्कमा राख्ने १३ फिट अग्लो कागको मुर्ति बनाउने काम लगभग लगभग अन्तिम चरणमा छ ।

पाटन औद्योगीक क्षेत्रमा रहेको नेपाल ढलोट उद्योगले कागको मुर्ति बनाइरहेको वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले कागेश्वरी खबर डटकमलाई जानकारी दिनु भयो ।वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालको पहलमा १५ सय किलोको कागको मुर्ति बनाउने काम अघि बढेको हो ।

जनताको घर घर गएर कवाड संकलन गरेर अष्टधातुको काग बन्न लागेको हो। काग करिव करिव बनिसक्न लागेको छ। काग बनाउने क्रममा कागको टाउको गालिसकेको छ ,छाती गालिसकेको छ ,पखेंटा गालिसकेको छ र अब खुट्टा गाल्न बाँकी रहेको छ। त्यसपछि लगेर जोड्ने काम बाँकी भएको मन्त्रि फुयाँलले बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘कोरोनाले छोड्यो भने फाल्गुन ७ गते शहिद पार्कमा कौवा बस्छ। कोरोनासंग लडाईं नै परिरहेको छ। तर हामीलाई बन्दबंदी लागेको छैन, काम मै छौँ। बन्ने क्रम जारी छ। गाल्ने काम भैरहेको छ। फिनिसिंगको काम बाँकी छ र फिनिसिंगको काम सकिएन भने अलिकति समय लाग्ने नभए फाल्गुन ७ गते राख्ने प्रयास पनि जारी छ।’

फाल्गुन ७ गते सक्ने योजना रहेको मन्त्रि फुयालले जानकारी दिनु भयो।


  • 110
  •  
  •  
  •  
  •  
  •  
  •  
    110
    Shares