Ad #144479

२८ पुस काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २५९ जना कोरोना संक्रमित थपिएका छन्। संक्रमित हुनेमा ११५ महिला र १४४ पुरुष छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २२१, भक्तपुरमा ९ र ललितपुरमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५९ हजार ३५८ पुगेको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ३२ पुगेको छ।

हाल देशभर ४ हजार ४ सय ८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।