दसैँमा नेपाली चलचित्रलाई दर्शकको साथ

काठमाडौं: दशैं लक्षित चलचित्रहरुले अहिलेसम्म दर्शक पाइरहेका छन् । गत असोज ७ गतेदेखि प्रदर्शनरत ‘प्रेम गीत ३’ लाई दर्शकले माया गरिरहेका छन् ।

हिन्दी भाषामा स्वराङ्कन गरेर प्रदर्शन गरिएको उक्त चलचित्र विदेशमा पनि एकसाथ प्रदर्शन भयो । सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठलगायत कलाकारले अभिनय गरेका छन् । चलचित्रले स्टारभ्यालु, ब्राण्डकै आधारमा राम्रो व्यापार गरिरहेको छ । निर्मातासमेत रहेका सेनकाअनुसार नेपालसँगै भारतमा पनि यस चलचित्रले राम्रो व्यापार गरिरहेको छ ।

असोज २१ देखि प्रदर्शनमा आएको चलचित्र ‘दुई नम्बरी’ ले पनि व्यावसायिक सफलता हात परिरहेको चलचित्र प्रस्तुतकर्ता किरण नेपाली जानकारी दिए । उनका अनुसार प्रदर्शनको दुई दिनमा ग्रस कलेक्सन दुई करोड रुपैयाँभन्दा बढी छ ।

उक्त चलचित्रको लेखन तथा निर्देशनसँगै समीक्षासमेत गरेका दीपेन्द्र लामा भन्छन चलचित्रले मित्रताको कथा रहेको छ। उनीहरुको सम्बन्धमा आउने उतारचढावमार्फत गम्भीर विषयलाई प्रस्तुत गरेका छौँ।

दर्शक हल आउन थालेपछि निर्माता तथा निर्देशकसँगै प्रदर्शक र वितरक पनि खुसी छन् । चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जन अहिले मनोरन्जनात्मक चलचित्र दर्शकले रुचाएको बताउँछन् ।

कोरोना भाइरसका कारण भएको लकडाउन पश्चात् दर्शकमा  चलचित्रप्रति जागरण निकै बढेको छ । महासचिव महर्जन बताउँछन् । दर्शकमहरु प्रचार सामग्रीमा विश्वस्त नभएसम्म चलचित्रघर आउँदैनन  भन्ने पछिल्लो प्रर्दर्शित चलचित्रको व्यापारले देखाएको छ ।

[sidebar name="button post"]