काठमाडौं: नेकपा माओवादी केन्द्रले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई प्रतिनिधिसभामा २ सीट र प्रदेशसभातर्फ ४ सीट दिएको छ ।
नेपाल समाजवादी पार्टी माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडा लिएर चुनावमा गएको छ । सत्तारुढ गठबन्धनले सिट बाँडफाँड गर्दा नेपाल समाजवादी पार्टीलाई सात सिट छुट्याएको र त्यो माओवादी कोटामा परेको छ ।
माओवादीले गठबन्धनमा पाएको प्रतिनिधिसभाको सिटमध्ये दुई बाबुरामको पार्टीलाई दिएको छ। जसमा महीन्द्र राय यादव सर्लाही–२ र मानुषी यमी भट्टराई काठमाडौँ ७ बाट उम्मेदवार बनेकी छन्।
यस्तै, माओवादीले प्रदेश सभाको चार सिट पनि उपलब्ध गराएको छ। प्रदेश सभाअन्तर्गत गंगानारायण श्रेष्ठ सिन्धुली २ (ख), फणीन्द्र देवकोटा गोरखा २ (क), चिनक कुर्मी नवलपरासी पश्चिम २ (क) र सुनिल साह सर्लाही २ (क) बाट उम्मेदवार बनेका छन्।
[sidebar name="button post"]









