‘ऐना झ्यालको पुतली’ अब विदेशमा प्रदर्शन हुँदै

काठमाडौँ: पछिल्लो समय चर्चामा रहेको नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ अब विदेशमा प्रदर्शन हुने भएका छन् ।

भदौं २४ गतेबाट प्रदर्शन आएको थियो । तेस्रो हप्तासम्म आइपुग्दा पनि दर्शकको राम्रै साथ पाएको छ । दर्शक र समीक्षकबाट उत्कृष्ट फिल्मको प्रतिक्रिया पाएको छ ।

भर्खरै नेपालबाट ९५औं संस्करणको एकेडेमी अवार्ड (अस्कर) का लागि नेपालबाट सिफारिस भएको फिल्मले नेपालको बक्स अफिसबाट एक करोड हाराहारी ग्रस गरेको छ । 

उक्त फिल्म चाँडै विदेशमा प्रदर्शन हुने भएको छ । देशमा पाएको प्रतिक्रियाले डायस्पोरामा रहेका दर्शकलाई लोभ्याएपछि अहिले फिल्म विदेशमा डिमान्डेड भएको छ ।

निर्माता आकाश पौडेलका अनुसार फिल्मको अस्ट्रेलिया र न्युजिल्यान्ड अधिकार भर्खरै बिक्री भएको छ भने जापानमा फिल्म केही समयअघि नै बिक्री भइसकेको छ । फिल्म प्रदर्शनको अधिकार जान्बी इन्टरटेनमेन्टले लिएको जानकारी गराएका छन् ।

दुई देशका लागि १५ लाख हाराहारीमा बिक्री भएको निर्माता पौडेलले जनाएका छन् । यसैगरी, फिल्म साउदी अरब, कोरिया र अमेरिकामा पनि प्रदर्शन हुने तयारीमा रहेको निर्माताले जानकारी गराएका छन् ।

‘ऐना झ्यालको पुतली’ सबैको पारिवारिक कथाभित्र बाल्यकालको कथा हो आफ्नै बाल्यकालको स्मरण छ। यो फिल्मले सशस्त्र द्वन्द्व २०५२ सालतिर शुरू भयो। सशस्त्र द्वन्द्वको समयका धेरै कथामा आधारित छ ।

द्वन्द्वभन्दा अघि पनि त हाम्रो समाज, परिवार र कथाहरू छन्। त्यसैले द्वन्द्वकाललाई छुँदै नछोएर त्योभन्दा अघिको कथा भन्न खोजेको छ । अनि फिल्म सकिनुभन्दा सात मिनेटअघि रोल्पामा अज्ञात समूहबाट आक्रमण गरिएको छ भनेर सशस्त्र द्वन्द्व शुरू भएको सङ्केत गरेको छ। बाल्यकालका संस्मरण खोज्ने क्रममा त्यो समय आओस्, तर द्वन्द्वकाल उल्लेख नहोस् भनेर नै योजना बनिएको छ।

[sidebar name="button post"]