मनास्लु आधार शिविरमा हिमपहिरो, मौसमका कारण उद्धारमा कठिनाइ

गोरखा : मानश्लु हिमालमा हिमपहिरो जाँदा कम्तिमा १५ जना घाइते भएका छन्।

चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो जाँदा केही पर्यटक बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए । यद्यपि मानवीय क्षति पुष्टि नभएको र प्रहरी घटनास्थलमा गइरहेको उनले बताए ।

शेर्पाहरू अक्सिजन पुर्‍याउन जाने समयमा हिमपहिरो खसेको मनास्लु हिमाल आरोहणका लागि बेसक्याम्पमा रहेकी पूर्णिमा श्रेष्ठले जानकारी दिइन् । ‘क्याम्प १ र क्याम्प २ मा रहेका शेर्पाहरू गएर खोज्ने काम भइरहेको छ,’ उनले भनिन्,‘मौसम खराबीका कारण हेलिकप्टर जान सकेको छैन ।’

मौसम प्रतिकूलताका कारण घटनास्थलमा हेलिकोप्टर जान नसकेको  छ। ‘घाइतेको उद्धारका लागि हेलिकोप्टर बोलाइए पनि मौसम प्रतिकूलताका कारण आउन सकेको छैन।

[sidebar name="button post"]