सभामुख सापकोटाले भने- लोकतन्त्रमा राजनीतिक पार्टीको विकल्प स्वतन्त्र हुन सक्दैन

सिन्धुपाल्चोक: सिन्धुपाल्चोक फोटो पुस्तक ‘गन्तव्य जुगल’ सार्वजनिक कार्यक्रममा बोल्दै सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रमा राजनीतिक पार्टीको विकल्प स्वतन्त्र हुन नसक्ने बताएका छन्।

सोमबार सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा जुगल हिमाल रहेको पर्यटकीय क्षेत्र जुगल गाउँपालिकाको मुख्य पर्यटकीय स्थलहरूको फोटो पुस्तक ‘गन्तव्य जुगल’ सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएका हुन्।

सापकोटाले पर्वतीय क्षेत्रको विकास गर्न सके मात्रै देशमा पर्यटनको विकास हुन सक्ने जिकिर गरे। उनले स्थानीय र केन्द्र सरकारले पर्यटन विकासका लागि युवामैत्री नीति बनाउन आवश्यक रहेको औँल्याए।

पछिल्लो समय स्थानीय तहको निर्वाचनमा स्वतन्त्रको चर्चा भए पनि लोकतन्त्रमा राजनीतिक पार्टीको विकल्प स्वतन्त्र हुन नसक्ने उनले भनाइ छ।

‘स्वतन्त्रहरूले पनि आफ्नो ठाउँमा योगदान दिइरहेका छन् । युवाहरूको क्षमता बाहिर ल्याएका छन्। त्यो ठीक छ। तर, अहिलेका लागि लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएकाले पार्टीको विकल्प छैन। राजनीतिक पार्टीभित्र युवाहरूलाई प्रोत्साहन गर्ने र पार्टीभित्र युवाहरूले नेतृत्वदायी भएर अगाडि बढ्ने कुरामा ध्यान दिनुपर्छ।’

[sidebar name="button post"]