२ वैशाख, काठमाण्डौ। ट्रेवल फेसन कन्सर्न प्रालीले मिस डिवाइन वियुटी नेपाल २०२१ र मिसेस गोकर्णश्वर पेजेन्ट नेपाल २०२१ नामक फेसन प्रतियोगिता आयोजाना गरेको छ । उक्त प्रतियोगिताको फाइनल यही आउँदो बैशाख ०४ गते हुँदै छ । सो प्रतियोगितालाई गोकर्णश्वर नगरपालिकाले सहकार्य गरेको छ ।
दुई विद्यागत रुपमा प्रतियोगितामा करिव १८ जना प्रतिस्पर्दीहरुले सहभागि जनाएका छन् । त्यसैगरी मिस डिवाइन वियुटी नेपालमा १० जना तथा मिसेस गोकर्णश्वर पेजेन्ट नेपालमा ८ जना प्रतिस्पर्दीहरु रहेको ट्रेवल फेसन कन्सर्न प्रालीका सीईओ तथा कार्यक्रमका संयोजक शैलेन्द्र शेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगिताको मिस डिवाइन वियुटी नेपाल २०२१ को समूहमा अविवाहित युवती रहेको छन् । जसमा प्रतियोगितामा सहभागि जनाउनको लागि एसईई भन्दा माथिको योग्यता निर्धारण गरेको थियो। भने उमेरमा १६ देखी २६ सम्मको उमेर समूहका युवतीहरु रहेको ट्रेवल फेसन कन्सर्न प्रालीका श्रेष्ठले बताउनुभयो ।
मिसेस गोकर्णश्वर पेजेन्ट नेपाल २०२१ को लागि विवाहित महिलाहरुले सहभागिता जनाउन सक्ने यसमा कुनै उमेरहद तोकको छैन ।
उक्त ग्रान्ड फिनाले काठमाण्डौको जोरपार्टीस्थित पिस बैङ्क्वेटमा सम्पन्न हुने छ । उक्त ग्रान्ड फिनालेमा गोकर्णश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यता रहने आयोजकले जानकारी दिनुभयो । कार्यक्रम ३ बजेर ३० मिनेटमा सुरु हुने भएको छ ।
प्रतियोगिताको ट्रेवल फेसन कन्सर्न प्रालीका सीईओ तथा संयोजकका रुपमा शैलेन्द्र श्रेष्ठ रहेका छन् भने कार्यक्रमका संयोजक सिमरन श्रेष्ठ, कार्यक्रम स्पोन्सर संयोजकमा नन्दलाल श्रेष्ठ, कोरीयोग्राफरमा काजोल राई तथा कार्यक्रम संयोजक सरु धिमाल लगायतका व्यक्त्तिहरु रहेका छन् ।
प्रतियोगितामा विजेताहरुले उत्कृष्ठ पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । विगतमा पनि यस ट्रेवल फेसन कन्सर्न प्रालीले फेसनसंग सम्बन्धित धैरै कार्यक्रमहरु आयोजना गरिसकेको छ ।












