२ वैशाख, काठमाण्डौ। पछिलो २४ घण्टामा नेपालमा थप पाँच सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ३५८८ जनामा पिसिआर गर्दा ४९० र ५६४ मा एन्टिजेन परीक्षण गर्दा ४४ लाई कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८२ हजार ५४ पुगेको छ।
त्यस्तै १५७ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७४ हजार ६ सय ४ पुगेको छ।
त्यस्तै, कोरोनाको संक्रमणबाट थप पाँच जनाले ज्यान समेत गुमाएका मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०६६ पुगेको छ।












