२ वैशाख, काठमाण्डौ। कोरोनाको बढ्दो संक्रमणबाट जोगिन सरकारले सर्वसाधारणलाई पुनः अपिल गरेको छ । खासगरी बालबालिका सहभागी हुने विद्यालयमा भीडभाड नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा देशका १४ जिल्ला अति संवेदनशील भएको भन्दै त्यस्ता ठाउँमा सार्वजनिक गतिविधि नगर्न समेत आग्रह गरिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको अपिलमा यस्तो आग्रह गरिएको हो ।
मन्त्रालयले अति संवेदनशील भनी राखेका जिल्लाहरुमा उपत्यकाका काठमाण्डौ, ललितपुर , भक्तपुर,रुपन्देही , चितवन , बाँके,कास्की, पर्सा,कैलाली,मोरङ, दाङ, सुर्खेत , बारा र बाग्लुङ रहेका छन् ।














