२ वैशाख, काठमाण्डौ। काठमाण्डौ उपत्यकामा अहिले तीव्र वेगको हावाहुरी चलिरहेको छ । । राति करिव ९ बजेपछि हावाहुरी चलेको हो ।हावाहुरी चलेपछि उपत्यकाका अधिकांश ठाउँमा विद्युत सेवा अवरुद्ध भएको छ । हावाहुरीसँगै आकाशमा बिजुली चम्किए पनि वर्षा भने भएको छैन ।
हावाहुरी चल्न थालेपछि सडकमा सवारी साधन चलेका छैनन् । त्यस्तै हावाहुरीले सम्भावित क्षति नहोस् भनेर विद्युत सेवा बन्द गरिएको प्राधिकरणले जनाएको छ ।
बिहीबार राति नै देशको दक्षिण पश्चिमबाट मेघ गर्जन र चट्याङसहित वर्षा गराउने बादल विकसित भइरहेको र उक्त प्रणाली उत्तर पूर्वतिर सर्ने क्रममा रहेको जनाउँदै सर्तक रहन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ।












