चर्चित गायिका ब्रिटनी स्पेयर्स आफ्नै डकुमेन्ट्री हेर्दा रुवाबासी भएको छ । जहिल्यै आफ्नो गीत र निजी जीवनलाई लिएर चर्चामा आइरहन्छिन् । गत वर्ष उनी डिप्रेसनमा थिइन् । अब उनले आफ्नो जीवनमाथि बनेको डकुमेन्ट्री ‘फ्रेमिङ ब्रिटनी स्पेयर्स’लाई लिएर एक नयाँ कुराको खुलासा गरेकी छन् ।
डकुमेन्ट्री हेर्दा ब्रिटनी दुई सातासम्म रोएकी थिइन् । जीन्यूजमा प्रकाशित समाचारअनुसार यो डकुमेन्ट्री हेरेपछि ब्रिटनीलाई यति प्रेम मिल्यो कि त्यो प्रेमले उनको आँशु थाम्न सकेन । ३९ वर्षीया पप आइकन स्पेयर्सको यो डकुमेन्ट्री यसै वर्षको फेब्रुअरी सुरुवातमा रिलिज भएको थियो ।
यो डकुमेन्ट्रीमा उनको जीवन र करियरसँग जोडिएका विभिन्न घटनालाई समेटिएको छ । जसमा निकै चर्चामा रहेको उनको भिडियो र मेलोडाउन पनि संलग्न गरिएको छ । डकुमेन्ट्रीमा उनको जीवनमा असर पारेका घटनाहरुको फुटेज पनि राखिएको छ ।
उनले इन्स्टाग्रामको पोस्टमा आफ्नो बारेको डकुमेन्ट्री हेर्दा आफूले आँशु थाम्न नसकेको उल्लेख गरेकी छन् ।









