२२ चैत्र, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ९४४ पुगेको छ।
आइतबार ११७ जना कोरोना संक्रमित डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७३ हजार २४० पुगेको छ। देशभर हाल १ हजार ६ सय ७२ जना सक्रिय संक्रमित रहेका छन्।
गएको २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार ३२ पुगेको मन्त्रालयले जनाएको छ।
[sidebar name="button post"]









