Ad #144479

२२ चैत्र, काठमाण्डौ। केपी ओली पक्षले कारबाही गरेपछि झनै उग्र रुपमा प्रस्तुत भएका वरिष्ठ नेता माधवकुमार नेपालले अब नयाँ ढंगले अगाडि बढ्ने उद्घोष गरेका छन् ।आइतबार काठमाण्डौमा समानान्तर कमिटी घोषणा गर्न आयोजित भेलामा सम्बोधन गर्दै नेता नेपालले भने – ओलीले कारबाही गर्ने हैसियत राख्दैनन् । उनले बनाएको एमाले हो र हामी ?

ओलीले फ्यालेर फ्यालिने नेता आफूहरु नरहेको दाबी गर्दै उनले पार्टीको मूलधार आफ्नो पक्ष रहेको बताए । ओलीसँग मिलेर जाने अवस्था लगभग समाप्त भयो भन्दै उनले कानूनी रुपमै नयाँ पार्टी खोल्ने पक्षमा आफूहरु नरहेको तर कुनै वाधा अड्चन आइपरे जस्तो सुकै कदम चाल्न पछि नहट्ने नेता नेपालले प्रष्ट पारे ।

ओलीको निरंकुश चरित्र र प्रवृत्ति विरुद्ध सिंगो मुलुक आन्दोलित रहेकाले आम कार्यकर्ताले त्यसको हिसाव खोजेको उनले बताए । सत्ताको अहंकार र दम्भले मात्तिएका ओलीको हविगत आउने निर्वाचनले प्रष्ट गर्ने भन्दै नेता नेपालले हामी नै आधिकारिक हौं, चुनावमा टिकट बाँड्नेदेखि गठबन्धन गर्ने तहसम्मका सबै काम आफूहरुले गर्ने दाबी गरे ।

एमाले भित्र नक्कली नेता भित्र्याएर वहुमत पु¥याउन खोजेको भन्दै उनले अहिलेपनि आफूहरु नै वहुमतमा रहेको बताए । हामीसँग ९७ जना हुनुहुन्छ, भोट गरौं , तयार छन् त ओली – नेता नेपालको प्रश्न थियो ।