इजिप्टको पिरामिण धेरै रहस्यले भरिएको छ। याहाँ मिश्र सभ्यलाका ममिहरूको खोज गर्ने क्रममा धेरै पुरातात्विकहरू मुत्युको सिकार भएका छन्। यो स्थान रहस्यले भरिएको छ। यहाँ गरिएका खोजहरू, टुटेनखामुनको चिहान, तुतानखमुन, फिरऊनको लास भेटिए, जसलार्इ पुरातात्विक ज्ञानको सबैभन्दा महत्वपुर्ण खोजीमा मानिन्छ। तर यो घटना पछि हुने घटनाहरूले विश्वलाई विज्ञानबाट अलौकिकतिर ध्यान दिन बाध्य तुल्यायो।
नोभेम्बर ४ १९२२मा, पुरातत्वविद् होवार्ड कार्टर र उसको टोलीले मिश्र सभ्यताका राजाहरूको उपत्यकामा मानव सभ्यताको बारेमा धेरै पत्ता लगाए जहाँ फारोको चिहान हजारौं वर्षसम्म लुकिरहेको थियो, यो खोजले सोचे जस्तो सबैको लागि राम्रो परिणाम ल्याएन, परिणामस्वरूप त्यस अभियानका कतिपय संरक्षणहरूको रहस्यमय मृत्यु भयो।
१) तुतानखमुनको श्राप (१९२२):
होवार्ड कार्टरले किंग टुटको दफनाइएको कक्ष पत्ता लगाए पछि, उसले तुरुन्तै आफ्नो संरक्षक, लर्ड कार्नार्भनलाई सम्पर्क गरे, ताकि उसलाई शुभ समाचार सुनाउन सकियोस। बेलायती कुलीन मानिसहरू यो समाचारले हर्षित भए र तुरुन्तै सारकोफागस रहेको बाकस खोल्न चाहे। यो बाक्सा खोलेको चार महीना पछि, लार्ड कार्नार्भन एक लामखुट्टेको टोकाइ बाट मर, यो अनौंठो भाग हो, तुतानखमुनको चिहानमा एउटा चेतावनी थियो। जुन यस्तो थियो: “राजाको शान्तिको भंग गर्नेहरूको लागि मृत्यु चाँडै आइपर्नेछ।” अवश्य पनि, यो संयोग हुन सक्छ, तर कसले यकिन गर्न सक्छ यस्तो भयो भनेर?

२) दुर्भाग्य पुर्ण चोर (२००७):
यस कथाका धेरै अनिश्चित अंशहरू छन्, तर यो घटनामा इजिप्ट भ्रमण गर्दा, एक जर्मन चोरले इजिप्टमा ममिको प्रदर्शनको बेलामा अचम्मको अवशेष देख्दछ र त्यो लासको रहेको सामान चोरीगरी, धनी हुने निर्णय गर्दछ। उसले त्यो बाक्सामा रहेको शिल्पकला चोरी गर्दछ र जर्मनी फर्कन्छ। उसलाई लाग्छ की, यसबाट उसले धेरै नाफा कमाउन सक्छ। केही कारणका बस, उसले त्यो चोरेको सामान तुरुन्तै बेच्न सक्दैन र लुकाउँछ। समय बित्दै जान्छ, र चोरले ध्यान लगाउन थाल्छ कि उसको वरपरका सबै आफन्त र साथीभाइहरूले दुःख पाइरहेका थिए, उ आफैं पनि दुःख पाइरहेको थियो । त्यसको लगतै ज्वरोले समात्यो, पक्षघात पनि भयो र छिटै उसको मृत्यु भयो। एक परिवार सदस्यद्वारा चोरिएको रहस्यमय कलाकृतिसँग माफी मागी इजिप्ट फिर्ता पठाइएको थियो। आशा छ, त्यो श्राप यो माफ पछि समाप्त भयो होला।

३) किंग टुटको घातक हात:
सर आर्किबाल्ड रेड न त पुरातत्वविद् थिए, न त उनी कुख्यात मिश्री फिरऊनको लास भएको चिहान नजिकै थिए। उनी एक रीड रेडियोलोजिस्ट थिए । ममीको सुकेको हात, जो एक्स-रे परीक्षणको लागि काटिएको शरीरको अंग उनलाई पठाइएको थियो। दुर्भाग्यवस, २ घण्टा भन्दा कममा त्यो ममिको हात भएको बाकस खोले पछि, उनी गम्भीर बिरामी परे। उनी टुटको श्रापको शिकार बन्नपुगे।

४) रहस्यमय वार्षिक मृत्यु:
मानिसहरू श्रापमा विश्वास गर्दैनन् सामान्यतया उनीहरूको त्यति बेला दिमाग परिवर्तीत हुन्छ, जब उनीहरूको जीवनमा केही अनौठा घटना देखा पर्दछ। केहि परिवारको सदस्यहरु एकै दिनमा मर्छन्, कसैको दिनका दिन मर्दै जान्छन र कसैको बर्षै पिच्छे। एक प्रसिद्ध इजिप्टोलोजिस्ट, जाही हवासको साथमा यस्तो भयो, जब उसले केही ममी अवशेषहरू ढुवानी गरेको थियो। पहिले, उसको काकीको मृत्यु भयो, त्यसपछि ठीक एक बर्ष पछि, उसको काका र अर्को सालपछि उसको काकाको भाई। यो सञ्जोग पनि हुन सक्छ वा श्राप पनि।

५) अर्को हुनुहुन्छ, हग एभ्लेन:
हग एभ्लेन ह्वाइट कुनै समयका एक प्रसिद्ध पुरातत्वविद् थिए। उनी र उनका साथीहरूले केहि समयको लागि ममीहरूसँग काम गरिरहेका थिए, अचानकै उनीहरू त्यो स्थानबाट भटाभट खस्न थाले। त्यो समुवाट हग एभ्लेन, बाच्नँमा एक मात्र थिए। उनका साथीहरू मरेपछि, उनले यो सोक सहन सकेनन् र आत्महत्या गरे। उनले आफ्नै रगतबाट लेखिएको एउटा नोट पनि छोडिदिए जसमा भनिए कि हग, ममिको श्रापमा परेकोले हराउँदै थिए, यसको मतलब के बुज्दा ठीक होला?

६) मृत्युको परमेश्वर, ओसिरिसलाई रिस उठेपछी,(१९७१) :
सन् १९७१ मा सक्कारामा एक अभियानको क्रममा, वाल्टर ब्रायन एमरीले इजिप्टका राजा ओसिरिसको सानो मूर्ति फेला पारे। यो खोजसँगै वाल्टर शाैचालय जान शिविरमा फर्के तर त्यसपछि उनी कहियै फर्कीन सकेनन्, उनको सहायकले उनलाई केही समय पछि पक्षाघात भएको भेटे, सायद स्ट्रोकको कारण होला। केही घण्टापछि एमेरी आफैंले मृत्युको भगवानको सामना गर्न बाध्य भए, यसको मतलब उनी पनि श्रापबाट बच्न सकेनन्।

७) ममिको कारण १५००को मृत्यु( टाइटेनिक)
यो कथा सायद एउटा सहरी मानिसको लागि मिथ्या होला, तर हामीले यो जानकारी गराउन जरूरी छ। एउटा बेलायती संग्राहलय एउटा मिश्री प्रदर्शन राखिएको थियो, जुन आकृतिको रूपमा वास्तविक ममी थियो। रातमा सार्कोफैगस ममिबाट अनौठो आवाजहरू आउँने गर्थ्यो, र एक रात अचानक एक जना गार्ड मरे। यो घटना पछि यस सिकारबाट बच्न कोशिस गर्दै, श्रापित ममिलाई अमेरिका पठाइयो। अनुमान गर्नुहोस् त यो कुन जहाज हो। त्यो टाइटेनिक थियो।

भर्खर माथी बताइएको इतिहास रहस्यमय मृत्युले भरिएको छ जस्तो देखिन्छ मानौं यो मम्मिको श्रापले गर्दानै भएको हो।









