Ad #144479

५ फागुन, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ७० पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९१ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६९ हजार ३९४ पुगेको छ।

काठमाण्डौ उपत्यकामा थप ६० जनामा संक्रमण पुष्टि भएको छ। त्यसमध्ये काठमाडौंका ४५, भक्तपुरका ६ र ललितपुरका ९ जना छन् ।