Ad #144479

साउन ३०,काठमाडौं। सिआईबीको नाममा ठगी गर्न खोजेको आरोपमा धादिङको निलकण्ठ नगरपालिका १४ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका ११ नेपालटार बस्ने शंकर प्रसाद अधिकारी पक्राउ परेका छन् ।

एक व्यवसायीलाई अख्तियारमा मुद्दा परेको र मुद्दा सदर भई सिआईबीमा पक्राउका लागि पत्राचार समेत भएको भन्दै डर देखाएर ठगी गर्न खोजेको अधिकारीमाथि आरोप लागेको छ । उनले मुद्दा हेर्ने सिआईबीका ईन्सपेक्टरलाई ५ लाख रुपैयाँ दिएमा मुद्दा रद्द गरिदिने भनेर धम्क्याएको खुल्न आएको केन्द्रिय अनुसन्धान ब्यूरो सिआईबीका उपनिर्देशक एवं प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो ।

उनलाई काठमाडौं महानगरपालिका ३ बसुन्धाराबाट पक्राउ गरिएको हो । आफूलाई आलोचना साप्ताहिकका पत्रकार बताउने अधिकारीले अरु व्यक्तिलाई पनि विभिन्न वहानामा ठगी गरेको हुन सक्ने भएकोले थप अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो ।