साउन ३०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफु पनि कसैकोमा पाहुना नजान र कसैलाई पनि पाहुना नबोलाउन आग्रह गरेको छ ।
मन्त्रालयको नियमति प्रेस व्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणको जोखिम बढिरहेको यो बेलामा पनि गाउँघर सहरबजारमा व्यक्तिगत दुरी कायम नगरी होटल पसलमा बस्ने तथा पाहुना आवात जावात गर्ने क्रम रहेको भन्दै यस्तो कामबाट संक्रमणको जोखिम झनै बढ्ने बताउनुभयो ।
उहाँले यस्तो काम रोक्नका लागि समुदायमा रहेका व्यक्ति तथा टोल विकास संस्थाहरुले ख्याल गरी पालिकाहरुमा जानकारी गराउन पनि आग्रह गर्नुभयो ।
प्रबक्ता गौतमले कोरोना संक्रमणको कुनै उपचार नभएको र अहिलेसम्म खोप पनि तयार भैनसकेकोले एक अर्काबाट टाढा रहेर संक्रमण फैलन रोक्नु नै मुख्य उपाय भएको बताउनुभयो ।












