Ad #144479

३० साउन, काठमाडौं । लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्का अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुर अभियोगमा पक्राउ पर्नुभएको छ ।

रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष उहालार्ई अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुर अभियोगमा रामेछाप प्रहरीले पक्राउ गरेको हो ।

उन तत्कालीन एमालेबाट निर्वाचित अध्यक्ष हुन् । उनले उपभोक्ता समितिका दर्पण घिसिङलाई बन्धक बनाएर खाली चेकमा सही गर्न लगाएको भन्दै उहाँविरुद्ध उजुरी परेको थियो ।