बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मी, डाक्टर, नर्स आफैँ पनि कोरोना संक्रमणबाट जोगिन सकेका छैनन् । कोरोना संक्रमितको उपचार हुँदै आएको काठमाण्डौको स्टार अस्पतालमा कार्यरत एनेस्थेसियोलोजिस्ट डाक्टर गोविन्द गौतमले केहि दिन अघि मात्रै कोरोनासँगको लडाईं जित्नुभएको छ ।
हाम्रा सहकर्मी रमिता दंगालले डाक्टर गौतमसँग कोरोना अनुभवबारे कुराकानी गर्नुभएको छ ।
उपचारमा खटिने आफै कोरोना संक्रमित हुनुभयो ? कोरोना के रहेछ ?
केहि दिन अघि मात्रै म कोरोना संक्रमित बने । अहिले निको पनि भैसकेको छु । कोरोना भाइरस सुरु भएको वर्षदिन भैसक्यो तर कोरोनाबारेको अलमल कायमै छ । मलाई लाग्छ अझै पनि यो ठ्याकै यहि हो भनेर अन्योलकै अवस्था छ । हुनलाई त यो भाइरस हो जसको नाम चाहिं कोभिड–१९ दिइएको छ । तर यो कहिलेसम्म रहन्छ, कसरी आउँछ, कसरी जान्छ भन्न सकिएको छैन ।
विश्व स्वास्थ्य संगठनले पनि यसको वैज्ञानिक उत्तर दिन सकेको छैन । हुनलाई कोरोना महामारी हो । कोरोना एउटा जटिल किसिमकै भाईरस हो । यसबाट हामी सतर्क हुनुपर्छ ।
कसरी संक्रमित हुनुभयो ?
तपाईंलाई मैंले भन्दा म आफैँ पनि चिकित्सक हुँ । म उपचार गर्नलाई कोरोना टिमको सदस्य पनि हो । लगभग नौ महिनासम्म उपचार गरियो । तर उपचारको क्रममा कताबाट आफुलाई पनि संक्रमण हुन गयो पत्तो भएन । सुरुमा चाहिँ जुन सामान्य लक्षण दिइएको छ यो लक्षणहरु चाहिँ विभिन्न व्यक्तिहरुमा फरक–फरक तरिकाले पनि देखियो ।
मेरो आफ्नो अनुभवको कुरा गर्नुहुन्छ भने सुरुका दिनमा पहिला मलाई असाध्यै जिउ दुख्यो, ज्वरो आयो, त्यसपछी सामान्य मंसिर र पुसमा हुने भाइरल इन्फेक्सन जस्तै भयो । त्यसपछी ज्वरो १०२÷१०३ डिग्रीसम्म आयो । अनि दुई ÷तीन दिन ज्वरो आएपछि पीसीआर गरेपछि पोजिटिभ देखियो ।
पीसीआर पोजेटिभ अर्थात् कोरोना संक्रमित भैसकेपछि कस्तो अनुभव गर्नुभयो ?
पीसीआर गरेको भोलिपल्ट ज्वरोले झन् बढी च्याप्यो । त्यसपछि मेरो आफ्नो स्वास्थ्यलाई देखेर स्वास्थ्यकर्मी साथिहरुले तत्काल अस्पताल आउनु भन्नुभयो । सीटीस्कान गर्नुपर्छ भन्नुभयो । सीटीस्कान गर्दा मेरो ५० प्रतिसत फोक्सो चाहिँ संक्रमण भैसकेको रहेछ । फेरी यो कोरोना अरु निमोनिया जस्तो एक्सरेमा साधारण रुपमा नदेखिने खालको हुन्छ ।
यसलाई चाहिँ ग्राउण्ड ग्लास ओपासीटी र निमोनिया भनिन्छ । जुन चाहिँ कोभिड आएपछि चलनमा आएको नयाँ शब्द पनि हो । यो देखिएपछि अलिकति मन चाहिँ अत्त्तालियो । त्यसपछि भर्ना भएर सात दिनसम्म उपचार भयो । उपचारपछि अहिले चाहिं धेरै सुधारको क्रममा छु । तर फोक्सोमा समातेको हुनाले अलिकति यसको कमजोरीपन र एकतला भर्याङ्ग चढ्दा चाहिं स्याँ स्याँ अझै पनि छ । हामी सबैले सतर्कता अपनाउने यसमा नै हो ।
रोग लाग्छ सामान्य रुघाखोकी जस्तै भयो भनेर जुन हामीले साधारण लिन्छौं । मेरो अनुभवले चाहिं कसैलाई पनि हल्का रुपमा नलिन भन्छु ।
हल्का रुपमा लिए के हुन्छ ?
कोरोना संक्रमणपछि त्यसको उपाय र साधनहरु प्रयोग गरेर उपचार गर्नेपर्छ । हस्पिटल जानैपर्छ । यसलाई हेल्चेक्राइन गर्नुहुन्न । यो हप्ता दश दिनमा त अध्ययन बाहेक अरु केहि पनि भएन । अहिले पोस्ट कोभिड सिन्ड्रोम भन्ने पनि आईरहेको छ । कोभिड सन्चो भईसकेपछि जसले समयमा हस्पिटल जानुभएन, समयमा उपचार गर्नुभएन । जुन फोक्सोमा निमोनिया भएको छ । त्यो फोक्सोको ठाउँमा स्कार बनेर फाइब्रोसिस बन्छ । त्यसले चाहिं सँधैभरि दुख दिनसक्छ । ती कुराहरु पनि आईरहेको छ । विश्व स्वास्थ्य संघगठनले पनि रीइन्फेक्सन भन्छ ।
खासगरी युरोप, अमेरिकातिर संक्रमित भएर पनि फेरी संक्रमण देखिन थालेको छ । त्यसपछि लामो समयसम्म पनि इन्फेक्सन रहीराख्ने भन्ने देखिएको छ ।
तपाईं आफैँ पनि डाक्टर के–के कुरामा ध्यान दिनुभयो ?
मैले मात्र होइन अरुले पनि अहिलेको अवस्थामा रुघाखोकी चाहिँ सामान्य रुघाखोकीका रुपमा लिनु भएन । संक्रमितले छिमेकि, आफन्तलाई संक्रमण हुन दिनु भएन । यो भन्दै गर्दा यसमा सबभन्दा अप्ठ्यारो पाटो धेरै झुटहरु पनि छन् । झण्डै ८० प्रतिसत झुट कुराबाट जोगिनु पर्छ । मान्छेहरु अलमलमा परेका छन् ।
अनि खानमा चाहिँ के–के खानुभयो ?
मैंले संक्रमित साथिहरुलाई पनि सोध्दा निको हुने समयमा चाहिँ भोक धेरै नै लाग्ने रहेछ । खानमा अलिकति भिटामिनयुक्त, सामान्य आफुलाई फाइदा हुने खालको खाएँ । चिल्लो, अमिलो, पिरोहरु खानुभएन अरु जे खाँदा पनि हुन्छ ।
संक्रमित हुँदा सबैभन्दा ठुलो डर चाहिँ के को लाग्छ ?
संक्रमण भएको बेलामा डर लाग्ने भन्दा पनि अरुबेला रोग लाग्दा शुभचिन्तकहरु, आफन्तजनहरु आउने, निधार छाम्ने हुन्थ्यो तर यसमा चाहिँ त्यो भएन । बिरामी भएको बेलामा मान्छेले सहयोग खोज्छ । उसले चाहिँ आधार खोज्छ । त्यहि चिज पाईंदैन । खाना पनि परबाट दिनुपर्यो । अरु जे भएपनि संक्रमणका बेला संक्रमितको निक्कै ख्याल गर्नुपर्छ ।
कति दिनपछि कोरोनामुक्त हुनुभयो ?
मेरो चाहिँ १६ दिनको दिनमा पीसीआर नेगेटिभ आएकोहो ।
कोरोना लागेको समयमा सबैभन्दा बढी सम्झिनु पर्ने कुराहरु के हो ?
मैले अनुभव लिए । रोग छ । या लागेर यसले जटिलता ल्यायो भन ठुलो समस्या ल्याउँछ । मैंले चाहिँ सबैलाई यो संदेश दिनुपर्छ कि या रोगबाट बच्ने जति पनि उपायहरु छन् । हामी त्यसलाई पूर्ण रुपमा पालन गरौँ । यो केहि हैन भनेर हाहा हुँ मा नलागौं । स्कुल खोल्ने कुराहरु आउँछन् । स्वास्थ्य मन्त्रालयले रोकिदियो यो चाहिँ एकदमै राम्रो कुरा हो । सबैभन्दा पहिला स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ ।
डाक्टर साब अब कोरोना संक्रमणको अवस्था अहिले कस्तो छ ?
कोरोना संक्रमणको अबस्थाको ग्राफ हेर्दा अलिकति तलमाथि भैरहेको छ । अमेरिकामा एकदमै बढेको छ । युक्रेन र रसियामा पनि बढिरहेको छ । जाडो याममा बढ्न सक्छ भनेर सतर्कता अपनाउनुपर्छ ।
पछिल्लो समय संक्रमण घटेको हो कि परिक्षण ?
मलाई लाग्छ परिक्षण घटेको हो । संक्रमण त्यति घटेको छैन ।
परिक्षण बढाउन किन नसकेको होला ?
यसमा दुई पक्ष छ । सुरुमा मान्छे आत्तिएर निकै परिक्षण गरे । धेरैजसो सामान्य लक्षण देखिएकाले मान्छेलाई डर पनि छैन ।
अहिले एकपटक संक्रमण भैसकेपछि फेरी संक्रमण हुने डर छ ? खास के हो कुरो ?
त्यो आइराख्छ । त्यसको अनुसन्धान भैरहेको छ, यस्तै हो भनेर भन्या छैन । यसरी पुन इन्फेक्सन हुने भयो भने चाहिँ धेरै गार्हो हुन्छ । अनुसन्धानकै क्रममा छ ।
काठमाण्डौ उपत्यकामा जोखिमको अवस्था कस्तो छ ? अब कसरी सुरक्षित हुने ?
काठमाण्डौ उपत्यकाकम सँधै जोखिमको अवस्था हो । किनभने यो घनत्व बढी भएको ठाउँ हो । यो साँघुरो ठाउँ हो । मान्छेको बसोबास पनि त्यति खुकुलो छैन । भिडभाडमा सर्ने थाहा भैहालेको छ । सतर्कता अपनाउनुपर्छ । स्वास्थ्य बिभाग, स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनले दिएका सुझाब, स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ ।
चिसोमा कोरोना संक्रमणको जोखिम धेरै नै डरलाग्दो हुन्छ भन्छन्, जोखिम छ ?
मेरो अनुभवमा अब बर्ष दिन लाग्यो । चिसो, तातो, बर्खायाम केहीमा कोरोना हराएको छैन । यस्तै हो भन्न सकिंदैन । भाइरस चिसोमा बढी सक्रिय हुन्छ भन्ने हो ।
अन्त्यमा के भन्नुहुन्छ ?
कोरोनासँग सबै सतर्क हुने÷नडराउने नआत्तिने गर्नुपर्छ । रोग लाग्छ । रोग लाग्ने, बिरामी हुने, आईसीयु बस्ने सबै छ । विज्ञानमा भर पर्नुपर्छ । कोरोना खोप छिट्टै आउने आश गरौं ।
अब खोपको भर परौं ।