क्रोएशियामा ६.४ म्याग्निच्युडको भूकम्प, सात जनाको मृत्यु

१५ पुष, काठमाडौं । मध्य क्रोएशियामा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण सात जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका छन्।

पेट्रेनियामा १२ वर्षकी एक बालिकाको मृत्यु भएको बीबीसीले जनाएकाे छ । पाँच जनाको नजिकैको शहर ग्लीनामा मृत्यु भएको समाचारमा उल्लेख गरिएकाे छ । मृत्यु भएका सातौँ व्यक्ति जाजीनास्थित एउटा गिर्जाघरको भग्नावशेषमा फेला परेको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

समाचारमा जनाइ अनुसार शहरको करिब आधा भाग ध्वस्त भएको छ र मानिसहरूलाई भग्नावशेषबाट निकालिँदै छ।बीस हजार सर्वसाधारणहरूले बसोबास गर्ने उक्त शहरमा मंगलबार भूकम्प गएकाे हाे । भूकम्प जादा छिमेकी शहर सिसाकमा पनि मानिसहरू घाइते भएका छन्।

राष्ट्रिय प्रसारक एचआरटीले स्थानीय अस्पतालहरूलाई घाइतेहरूको उपचार गर्न गाह्रो भएको जनाएको छ। केही घाइतेलाई शल्यक्रियाको आवश्यकता रहेको बताइएको छ। जर्मन रिसर्च सेन्टर फर जीओसाइन्सेसका अनुसार गएराती स्थानीय समय अनुसार ११ बजेर १९ मिनेट जाँदा भूकम्प आएको हो।

[sidebar name="button post"]