आज पौष १५ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

आज वि.सं. २०७७ साल पौष १५ गते । बुधबार । इ.स.२०२० डिसेम्बर ३० तारिक । नेपाल संवत् ११४१ । मंसिर शुक्लपक्ष । आज काठमाण्डौमा सूर्योदय बिहान ०६ बजेर ५५ मिनेटमा,सूर्यास्त १७ बजेर १७ मिनेटमा । योमरी पुन्ही । तमुल्होसार । उँधौली पर्व ।

आजको तपाईंको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :

सेवा मुलक व्यावसाय फस्टाएर जाने छ । आफन्त तथा दाजुभाईसँग सानो सानो कुरामा मनमुटाब बढ्ने छ । छोटो यात्राको तय गर्दै हुनुहुन्छ भने यात्रा गर्दा ध्यान दिनुहोला । न्यायिक निर्णयहरु तपाईंको पक्षमा नहुन सक्छ । भोजभतेर तथा खानपिनमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउन सक्छ । प्रेममा सामान्य मनमुटाब सिर्जना हुने छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :

व्यापार व्यावासायमा बाट मनग्गे आम्दानी हुने छ। आम्दानी बढ्ने हुनाले काम गर्न जोस जाँगर आउनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै जान सकिने हुनाले मन प्रशन्न रहनेछ । कला, साहित्य तथा यस्तै क्षेत्रमा समय खर्चिने हरुले मनग्गे धन तथा सम्पती कमाउन सक्नेछन् । पढाइ लेखाइमा थोरै समय दिए पनि सफलता हात लाग्नेछ । कुटुम्बबाट आवस्यक सहयोग पाईने हुँदा मन खुसि रहनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :

क्षमता प्रदर्शन गरेर नाम तथा दाम दुबै कमाउन सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडी छोडेर अग्र पंतिमा आउन सकिनेछ । मेहनेत गर्दा आँटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । परिवारका साथ रमाईलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । समाजसेवामा समय दिन सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :

आफन्त तथा अग्रजहरुसँग विवाद सिर्जना हुनेछ । गैर न्ययिक काम नगर्नुहोला दण्ड तथा जरिवाना हुने समय रहेकोछ । स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढेर जानेछ । माया प्रेममा धोका हुनेछ भने पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछि परिनेछ । तरपनि विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने कर्म प्राप्तीको लागि लामो दुरिको विदेश यात्रा हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :

समय मध्ययम रहेकोले व्यापारमा लगानी गर्नको लागी केही समय पर्खनुनै राम्रो हुनेछ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग नहुने हुनाले काम गर्न नसके जस्तो हुनेछ । सत्रु,मुद्दा मामिला तथा अन्य झन्झटबाट मुक्ती मिल्ने समय नरहेकोले ख्याल गर्नुहोला । माया प्रेममा मनमुटाव बढ्न सक्छ । सवारी साधन तथा अन्य भौतिक सम्पतिहरु प्रयोग गर्दा ध्यान दिनुहोला । पढाइ लेखाइ तपाईं आफ्नै कमजोरिले बिग्रनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :

नोकरी तथा जागिरमा आफ्नै कमजोरिले समस्या आउनेछ । कार्यक्षेत्रमा काम बिग्रने हुदा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । व्यापार व्यावसाय खस्केर जाने हुनाले आर्थिक अवस्था बिग्रनेछ । राजनीति तथा समाजसेवामा जनताको पक्षमा काम गर्न नसक्दा ईज्जत प्रतिष्ठामा कमी हुनेछ । बुवा वा बुवा सरहका मानिससँग बिवाद हुनेछ भने सरकारी सेवामा रहेर काम गर्नेहरुले बिशेष ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :

कल्याणकारि तथा तारिफयोग्ग काम गरि चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले ठुला कामहरु बन्नेछन् । धर्म तथा अध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दीर तिरको यात्रा हुनेछ । दाजुभाई तथा जीवन साथिसँगको सम्बन्ध थप सुदृड हुनेछ । लेखन कलाको माध्ययबाट आफ्ना विचारहरु मनमानसमा लैजान सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :

भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिर्य घट्ना नघट्ला भन्न सकिन्न । लामो समय देखिको प्रेममा अबिश्वास बढ्न सक्छ । पढाइ लेखाइमा समय दिन नकस्दा अरुभन्दा पछी परिनेछ । आफन्त तथा दिदि बहिनीसँग विवाद सिर्जना हुनेछ । व्यापार व्यावसायमा आम्दानी बढाउन निकै नै समय खर्चनु पर्नेछ । खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :

सांगठनिक टिम निर्माण गरी काम गरिएपनि एक अर्काको बिचार नमिल्दा केही दिनको लागी काम बन्द हुनेछ । महिला मित्र तथा बिपरित लिङगसँग पनि मतभेत देखिने प्रशस्त सम्भावना रहेकोछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला बढि नै उत्साहित हुँदा नराम्रा घट्नाहरुको सामना गर्नु पर्नेछ । व्यावसायिक यात्रा हुने भएपनि कष्ट कर नहोला भन्न सकिन्न । मनमा बेचैनले गतिलो डेरा जमाउनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :

मौषमी रोगको प्रकोपले समस्या निम्त्याउनेछ भने हाड जोर्निहरुमा समस्या आउन सक्छ ध्यान दिनुहोला । सवारी चलाउदा ख्याल गनुहोला चोटपटक तथा दुर्घटना हुने योग रहेकोछ । कुनै पनि विवादित विषयमा सामेल नहुनु नै राम्रो रहेकोछ भने न्ययिक निर्णयहरु तपाईको पक्षमा आउने छैनन् । पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछी परिनेछ । प्रेममा आजको दिन नभेट्दा नै राम्रो रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :

शिक्षा क्षेत्रसँग सम्बन्धीत कामबाट मनग्गे आम्दानी हुनेछ । सन्तान बृद्धिको योग रहेकोछ धने सन्तानको प्रगती देख्न पाईनेछ । धर्म शाष्त्र तथा अध्यात्म ज्ञानमा बिषेश चासो बढ्नेछ । प्रेम गर्ने जोडिहरुले आफ्ना भावना खुलेरै साटासाट गर्नको लागि समयले साथ दिनेछ भने उपाहार पाईने हुनाले मन प्रशन्न हुनेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेकोछ

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :

अध्ययन अध्यापनमा अली बढी समय खर्चिदा नतिजा आफैतिर ल्याउन सकिनेछ । कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहँदा चाहँदै पनि घरायसी सुख सुबिधाहरु प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । राजनीतिमा प्रतिस्पर्धीहरु हावी हुनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथिहरुबाट टाडिएर परदेशको यात्रा गर्नुपर्दा असहज महशुस हुनेछ ।

राशिफलमा जे जस्तो भनेपनि आजको तपाईंको दिन शुभ रहोस् ।

[sidebar name="button post"]