Ad #144479

१३ पुष, काठमाडौं । चीनको पूर्वी क्षेत्रमा अन्धाधुन्ध चक्कु आक्रमणमा कम्तिमा सातजनाको मृत्यु भएको छ । लिओलिंग प्रान्तको काइयुएन नामक सानो शहरमा सो घटना भएको हो ।

प्रहरीले आरोपित आक्रमणकारीलाई पक्राउ गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । तर आक्रमणको कारण भने खुलेको छैन ।
चीनमा हिंसात्मक अपराधहरु दुर्लभ भए पनि पछिल्ला वर्षहरुमा चक्कु आक्रमणका घटना बढ्दै गएका छन् ।