११ पुस, फ्रान्समा पनि कोरोना भाइरसको नयाँ प्रजाति फेला परेको छ । डिसेम्बर १९ अर्थात् गएको पुस ४ गते बेलायतबाट फ्रान्स गएका टुअर्स शहरका एक व्यक्तिमा नयाँ स्वरूपको कोरोना भाइरसको सङक्रमण देखिएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । ती व्यक्ति आइसोलेसनमा रहेका छन् ।
यसअघि बेलायत र दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ प्रजाति भेटिएको थियो । बेलायत र दक्षिण अफ्रिकामा फेला परेको कोरोनाको नयाँ सङक्रमण पहिलेको भन्दा निकै घातक रहेको बिबिसीले जनाएको छ ।
कोरोना भाइरस विरुद्धका खोपहरु प्रयोग भैरहेका बेला नयाँ प्रजातिको भाइरस अझ खतरनाक बनेर फैलिन थालेपछि अन्तराष्ट्रिय चासो र चिन्ता बढेको छ ।












